सर्प, बिच्छी र भ्यागुतोको मिलन एवम् नेपालमा ब्युँताउन खोजिएको धर्मको राजनीति ?

नेपालको अन्तरिम संविधान २०६३ को भाग १, धारा ४ को १ मा ‘नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी र संघीय लोकतान्त्रिक राज्य हो ।’ भनी स्वीकारिएको थियो । तापनि अन्तरिम संविधान घोषणा भएदेखि नै राजनैतिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपाल पुनः हिन्दु धर्म सापेक्ष र राजतन्त्रात्मक देश हुनु पर्ने भनी वकालत गर्दै आएको थियो भने विभिन्न हिन्दु धर्मालम्बीहरुको संघ–संस्था र, व्यक्तिगत रुपमा केही अतिवादी हिन्दुहरुले पनि नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग चर्काे रुपमा उठाएका थिए । त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अनुदारवादी बाहुन क्षेत्री नेताहरु पनि तैं चुप मै चुप थिए । विसं २०७२ असोज–३ गतेको मितिमा ‘नेपालको संविधान–२०७२’ जारी भएपछि त नेपाली कांग्रेस र तत्कालीन नेकपा एमाले एमाओवाी लगायतका राजनैतिक दलहरुको मकसद के थियो ? प्रष्ट भयो । त्यसो त नेपालमा धर्मको कुरो गर्दा नेपालका हिन्दु, बौद्ध र किरातहरु धार्मिक रुपमा एकै हुन्, बौद्ध र किरात धर्म मान्नेहरु पनि हिन्दु नै हुन् ! भन्नेहरु पनि कम छैनन् ।

यसरी नेपालका हिन्दु, बौद्ध र किरातहरु धार्मिक रुपमा एकै हुन् भन्नेहरुको अनौठो तर्क के छ भने, नेपालका हिन्दु, बौद्ध र किरातहरु ‘ऊँ कार परिवार’भित्रका हुन् । उनीहरुले दिने अर्को उदाहरण भनेको विसं २०६८ मा केन्द्रीय तथ्यांक विभागले गरेको ११ औं राष्ट्रिय जनगणनाको परिणाम पनि हो । हुन पनि विसं २०६८ को उक्त जनगणनाको परिणामले नेपालमा ८१.३ प्रतिशत हिन्दु धर्म मान्ने जनसंख्या रहेको भन्ने देखाउँछ । जबकि विसं २०५८ को राष्ट्रिय जनगणनामा लगभग नेपालका लगभग ८० प्रतिशत जनता हिन्दु धर्म मान्ने थिए । भने आगामी १२ औं (विसं२०७८) राष्ट्रिय जनगणनामा के हुने हो ? अहिले नै यसै हो÷हुन्छ भन्न सकिने अवस्था छैन । तर, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणना र धर्मको परिणामको सन्दर्भमा भन्नु पर्दा अचम्म के छ भने, नेपालका आदिवासी जनजातिको जनसंख्यालाई केवल ३५ प्रतिशत र मुस्लिम धर्म मान्ने ४.४ प्रतिशत मान्ने हो भने पनि नेपालमा हिन्दु धर्म मान्नेहरुको जनसंख्या लगभग ६० प्रतिशत मात्रै हुनु पर्ने हो । उता हिन्दू धर्म मान्ने भनिएको नेपालका दलित, मधेसी, बाहुन, क्षेत्री, ठकुरी, सन्यासी लगायतका जात समूहका मान्छेहरुको पनि हाल ठूलो संख्याले क्रिश्चियन धर्म अंगालेको प्रष्टैसँग देखिन्छ । यस्तो अवस्थामा पनि नेपालमा हिन्दू धर्म मान्नेको जनसंख्या भने बढेको देखाइएको छ । जबकि माथिको आधार वा तथ्यांक हेर्दा त हिन्दु धर्म मान्नेहरुको जनसंख्या बढेको होइन, घटेको हुनु पथ्र्यो ।

यथार्थ यस्तो हँुदाहँुदै पनि नेपालमा हिन्दु धर्म मान्नेहरुको जनसंख्या बढेको देखाउनु भनेको एक किसिमले शंकास्पद र विश्वास गर्न नसकिने नै मान्नुपर्ने हुन्छ । हुन त हरेक पटकको राष्ट्रिय जनगणनामा यस्तो खालको गाँजेमाँजे नहोस् ! भनेरै विगत लामो समयदेखि आदिवासी जनजाति, दलित, मधेसी लगायत समुदाय र समूहले केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना गर्ने कार्य गर्दा खपत हुने गणक (जनशक्ति) आफ्नै समुदाय वा समूहका अगुवाहरुलाई तालिम दिएर खटाओस् भन्ने माग राख्दै आएको थियो÷छ । तर, यस विषयमा सम्बन्धित पक्षले (खासगरी सरकार र सरकार चलाउने राजनैतिक नेता र सरकारी कर्मचारीहरुले) कहिल्यै पनि गम्भीर रुपमा सोचेनन् । अझ अचम्म के छ भने, नेपालका हिन्दु, बौद्ध र किरातहरु एउटै ‘ऊँ कार परिवारभित्र’का हुन् भन्ने पक्षका मान्छेहरुले अहिलेसम्म कसरी र के आधारमा नेपालका हिन्दु, बौद्ध र किरातहरु धार्मिक रुपमा एउटै÷एकै हुन् ? भनेर दरिलो र यथार्थ प्रमाणसहित तथ्य, तर्क र उदाहरणहरु भने दिने गरेको देखिदैन । यदि साँच्चै नेपालका हिन्दु, बौद्ध र किरातहरु एकै हुन् भने किन बौद्ध र किरातहरुले गौ–भक्ष गर्छन् ? किन हिन्दु धर्मालम्बीले जसरी बौद्ध र किरातहरुले गाईलाई माता र गोरुलाई पिता मान्दैनन् ? किन गाईलाई हिन्दुले जसरी धनको देवी÷लक्ष्मी मान्दैनन् ? भन्नेतिर भने भरपर्दो प्रमाण, तथ्य, तर्क र उदाहरण दिने गरेको पाइँदैन ।

जे होस्, नेपालको धार्मिक मामिलाको सन्दर्भमा भन्नै पर्दा वास्तविकता के हो भने, जब पृथ्वीनारायण शाहले नेपालको भगौलिक एकीकरण सुरु गरे, तब उनले÷उनका सन्तान÷दरसन्तानले ती वीजित भूगोलमा शाह वंशको विजयसँगै हिन्दु धर्म, गोर्खा भाषा (त्यो बेला न त खस भाषा नै भनिन्थ्यो न त नेपाली भाषा नै), हिन्दु धर्मसँग सम्बन्धित चाडबाड, हिन्दु संस्कार, हिन्दु संस्कृति लगायत यावत् कुरोहरु नेपालका आदिवासी जनजाति लगायत सबै जातजातिहरुलाई जबरजस्ती लादियो । यसरी पृथ्वीनारायण शाह र उनका सन्तान÷दरसन्तानले ती वीजित भूगोलमा शाह वंशको विजयसँगै हिन्दु धर्म, गोर्खा भाषा, हिन्दु धर्मसँग सम्बन्धित चाडबाड, हिन्दु संस्कार, हिन्दु संस्कृति लगायत यावत् कुरोहरु नेपालका आदिवासी जनजाति लगायत सबै जातजातिहरुलाई जबरजस्ती लाद्नका लागि नेपालको विभिन्न भगौलिक क्षेत्रमा विभिन्न जातजातिका अगुवालाई स्थानीयस्तरको छोटेराजा÷शासक नियुक्त गरेर उनीहरुमार्फत स्थानीयस्तरमा लागू गरियो । अर्थात् त्यो बेलाको भाषामा भन्नु पर्दा ढाक्रे÷रैतीसम्म हिन्दु धर्म, गोर्खा भाषा, हिन्दु चाडबाड, हिन्दु संस्कार, हिन्दु संस्कृति लगायात यावत् कुरोहरु लादियो । यसरी नेपालको भगौलिक एकीकरणपछि भगौलिक क्षेत्रमा विभिन्न जातजातिका अगुवालाई स्थानीयस्तरको छोटे राजा÷शासक नियुक्त गर्ने क्रममा राई, चौधराई, सुब्बा, मुखिया, देवान, थरी, कारबारी, बैदार, गौरुङ, द्धारे, तोहले, माथा, करता, आठपहरिया, विचारी, डिठ्ठा आदि पदहरुको सिर्जना गरियो । माथि उल्लेखित पदहरुमध्ये ‘राई’, ‘चौधराई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’लाई जिम्मावाल पनि भन्ने गरिन्थ्यो ।

अझै पनि गाउँघरमा विगतमा यस्तो पद पाएका वा तिनका सन्तान–दरसन्तानलाई फलानो जिम्मावाल वा जिम्मावाल्नी ? भनेर बोलाउने प्रचलन हटीसकेको छैन । त्यसो त २०१९ मा तत्कालीन राजा महेन्द्रले ल्याएको ‘नेपालको संविधान २०१९’ मा मात्रै नेपाललाई कानुनी रुपमा राजतन्त्रात्मक हिन्दु अधिराज्य भनी घोषणा गरेको पाइन्छ । जे होस्, माथि उल्लेखित पदहरुमध्ये ‘राई’, ‘चौधराई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’लाई जिम्मावालहरुले ‘पञ्चखत’बाहेकको सबै मुद्धा–मामिला, भैmगडा (घरायसी वा ९९ को कागज÷राजीनामा पास गर्नेसम्मको अधिकार प्रयोग गर्थे ।) लगायतका काम–कारबाही स्थानीयस्तरमा आफै फत्ते गर्थे । त्यसबाहेक उनीहरुको मुख्य काम भनेको हिन्दुहरुको महान चाड ‘बडा दसैं’मा महाअष्टमीको दिन पद अनुसार राँगो, बोकोे मार हान्ने (जस्तै सानो पद पाएका राई, चौधराई, सुब्बा, मुखिया र, देवानले बोकाको मार हान्ने र, ठूलो पद पाएका राई, चौधराई, सुब्बा, मुखिया र, देवानहरुले चाहिँ राँगाको मार हान्ने र मार हानेको राँगा÷बोेकालाई ढुंगो÷काठको मौलोको वरिपरि तीनफन्को घुमाएर आफ्नो दुबै हातको पञ्जा रगतमा चोपलेर आफ्नो घरको मूल ढोकाको दाँयातर्फ पञ्जाछाप लगाउने गर्नु पथ्र्याे । यसो किन गरिन्थ्यो भने राई सुब्बा, मुखिया, देवान आदिले हिन्दु धर्म अनुसार दसैं माने कि मानेन् ? भनेर हिउँदो याममा जोगीको भेषमा ‘जय गोरख नाथ’ भन्दै सरकारी जासुसहरु गाउँ–गाउँ घुम्थे । यसरी हेर्दा युगौंयुगदेखि आफ्नै प्रकारको अलग धर्म संस्कृति मान्दै आएका नेपालका आदिवासी जनजातिलाई भगौलिक एकीकरपछि हिन्दु धर्म लादिएको हो भन्ने प्रष्टैसँग देखिन्छ ।

यो पंक्तिकारले माथि उल्लेख गरिएको विषयलाई किन उठान गरेको हो भने, २०७०, मंसिर–४ मा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि जसरी राजनैतिक रुपमा खुलेरै धर्म निरपेक्षताको विरोध गर्ने राजनैतिक पार्टी ‘राप्रपा नेपाल’ले प्रत्यक्षमा एकसिट नजिते पनि समानुपातिकमा जसरी २४ र, पछि सरकारले विज्ञहरुलाई मनोनित गर्नुपर्ने २६ सिटबाट १ सिट गरेर २५ सिट जित्यो, त्यो भनेको राप्रपा नेपालको आफ्नै बलबुताले भन्दा पनि नेपाली कांग्रेस, तत्कालीन नेकपा एमाले लगायतका पार्टीकै केन्द्रीय तहदेखि स्थानीय तहसम्मका अनुदारवादी नेताहरुको लबिङले गर्दा जितेको हो भन्नेमा कुनै शंका थिएन । हुन पनि उनीहरुले त्यो बेला खुलेरै ‘एक भोट भाइ÷दाइलाई (नेपाली कांग्रेस÷नेकपा एमाले) लाई एक भोट गाई’लाई र, मधेसतिर ‘एक भोट गाछीलाई एक भोट बाछी’लाई भन्ने नारा नै लगाएका थिए । धन्य त्यो बेला राप्रपा नेपालले संविधानसभाको बैठकमै सार्वजनिक महत्वको विषय बनाएर नेपाल पुनः हिन्दु अधिराज्य हुनु पर्छ भनेर प्रस्ताव ल्याएन ! यदि राप्रपाले त्यसरी हिन्दु धर्मको पक्षमा प्रस्ताव ल्याएको भए संभवतः नेपाली कांग्रेस, नेकपा एमाले, मधेसवादीदलहरु लगायत हिन्दुवादी राजनैतिक पार्टी र तिनका माननीयहरुले टेबल ठोकेर पारित गर्ने थिए कि !

यो किन पनि संभव थियो भने, विसं २०७० को दास्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबाट प्रत्यक्षमा टिकट पाएका र समानुपातिकमा छानिएका आदिवासी जनजातिका सभासदहरुले ‘पार्टीको नीति नियम बाहेक अन्यत्र दायाँ–बायाँ गर्ने छैन, आफ्नो समुदायको हितमा मरिगए बोल्ने छैन !’ भनी कागजमा सही गरेर र, वचनवद्ध भएर मात्रै माननीय सभासद हुन पाएका थिए । त्यो बेला त्यसरी करारनामा गरेर सभासद भएर आएका सभासदहरुले आप्mनो जातजाति, भाषाभाषी र समुदायका पक्षमा बोल्थे छ्, हिन्दु राज्यको विरुद्धमा मत हाल्थे वा विद्रोह गर्थे भन्ने आशा गर्ने ठाऊँ नै थिएन ।

त्यसैले त कामले भन्दा बोलीले चर्चामा आउने केपी ओली (हाल पनि प्रधानमन्त्री), संघीयता नै नचाहने चित्रबहादर केसी, राजतन्त्र र हिन्दु राज्य नभै नहुने कमल थापा, न हाँस न कुखुरोको चाल अर्थात् आफ्नो पार्टीलाई मालदार मन्त्रालय भए पुग्ने सीपी मैनाली र, मधेसी र थारुलाई भजाएर सँधै सत्तामा टाँस्सीरहन चाहने विजय गच्छदार (उनी हाल नेकामा छिरेका छन्) मार्काका मान्छेहरुको गठजोड संभव भएको थियो । अर्थात् सरकार बनेको थियो । कस्तो राम्रो थियो त्यो –सर्प, बिच्छी, भ्यागुतो, छेपारो, कछुवा र खरायोको मिलन ! त्यसरी संभव भएको त्यो बेलाको –सर्प, बिच्छी, भ्यागुतो, छेपारो, कछुवा र खरायोको मिलन ! आज कहाँ पुग्यो, कहाँ ? तर, अरुको राजनीतिको फसल नचले तापनि कमल थापाले आप्mनो हिन्दु धर्मको राजनीतिक फसल भन्ने चल्ला कि त ? भनेर कमल थापा र उनका सेनामेनाहरु बेलाबेला हिन्दु धर्मको एजेन्डा बोकेर बौराउने गरेका छन् । पूर्व–पश्चिम कलश यात्रा गरेका छन् । संघीयता र धर्म निरपेक्षता खारेज गर ! भनी नारा उरालेका छन् । हेरांै, बेला आएपछि कमल थापाको यो हिन्दु धर्मको राजनीतिक फसल फस्टाउला कि ?

तपाईको प्रतिक्रिया

Loading…