मेयर चौधरीले सार्वजनिक माफी माग्नुपर्छ : महासंघ

इटहरी / समाचार संकलनका क्रममा इटहरी उपमहानगरपालिका पुगेका पत्रकारमाथि मेयर द्वारिकलाल चौधरीले बुधबार दिउँसो गरेको दुव्र्यवहारको घटनामा सार्वजनिक माफी माग्नुपर्ने नेपाल पत्रकार महासंघको अडान छ। नेपाल पत्रकार महासंघ प्रदेश नं. १ कार्यसमितिले विहीबार जारी गरेको विज्ञप्तीमा पत्रकार कृष्ण बहाव भट्टराई, विकल रेग्मीलगायतमाथि भएको दुव्र्यवहार स्वतन्त्र प्रेसमाथि हस्तक्षेपको श्रृंखला भएको जनाएको छ ।

महासचिव विवेक गौतमद्धारा जारी विज्ञप्तीमा पत्रकारमाथि अमर्यादित रुपमा प्रस्तुत हुँदै स्थानीय सरकारका प्रमुख समेत रहेका चौधरीले गरेको व्यवहार आपत्तीजनक भएकाले गर्दा सार्वजनिक रुपमा माफी माग्नुपर्ने जनाएको छ। विज्ञप्तीमा चौधरीबाट आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सहज रुपमा समाचार संकलन तथा संप्रेषणको वातावरण तयार गर्न पनि महासंघले आग्रह गरेको छ।

घटनालगतै, महासंघ सुनसरी शाखाले भत्र्सना र निन्दा गरेको थियो । पत्रकारमाथिको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रको पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारमाथि दुव्र्यवहार हुनु आर्फैमा निन्दनीय र गैरजिम्मेवार कार्य भएको सचिव रामप्रसाद दाहालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, यस्ता कार्यले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता तथा पत्रकारको अधिकार क्षेत्रमाथि हस्तक्षेप हुने महासंघको ठहर छ ।’

प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग महासंघ केन्द्रले माग गरेको छ ।

यसैबीच, नेपाल प्रेस यूनियन, प्रेस सेन्टर नेपाल सुनसरी र प्रेस चौतारी नेपाल सुनसरीले पनि विज्ञप्ति जारी गरि घटनाको घोर भत्र्सना गरेका छन् । प्रेस सेन्टर र प्रेस चौतारीले सयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, नागरिकलाई सुसूचित गर्ने महत्वपुर्ण जिम्मेवारी पुरा गरिरहेका पत्रकारमाथि मेयर जस्तो जिम्मेवार जनप्रतिनिधीबाटै दुव्र्यवहार हुनु अशोभनिय मात्र होइन, प्रेस स्वतन्त्रतालाई नै कुन्ठित गर्ने कार्य हो ।’

प्रेस चौतारी नेपाल सुनसरी उपाध्यक्ष शुभा प्याकुरेल र प्रेस सेन्टरका जिल्ला अध्यक्ष श्रीशिसा राईद्धारा सयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, प्रश्न सोधेकै आधारमा पत्रकारलाई दुव्र्यवहार गरिएको घटनाले पत्रकारहरुमा थप असुरक्षा महशुस यस्तो वातावरण कायम नै रहेमा जनताको प्रेस तथा अभिव्यक्ति र सुचनाको हक समेत कुष्ठित हुने खतरा उत्पन्न भएको छ ।’

तपाईको प्रतिक्रिया

Loading…