रोकिएन् ईटहरीमा मेयरको कुटपिट आतंक, मानसिक उपचार गराऊन काँग्रेस नेताको सुझाव

इटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको कुटपिट आतंक बढेपछि काँग्रेसका एक नेताले उनलाई कानुनी कारबाही भन्दापनि मानसिक उपचार गराउनुपर्ने सुझाव दिएका छन । नेपाली काँग्रेसका नेता हेमकर्ण पौडेलले सामाजिक सञ्जाल फेसबुकमा उनलाई मानसिक उपचारको खाँचो रहेको बताएका छन । नेकपाका नेताहरुलाई उनले यस्ता घटनालाई डोकोले छोप्नु भन्दा बेलैमा उपचार गराउन सुझाव समेत दिएका छन ।मेयर चौधरीले मंगलबार र बुधबार नेता देखि कर्मचारी र पत्रकारको समेत कठालो समातेपछि पौडेलले यस्तो लेखेका हुन ।

मंगलबार इटहरी खानेपानीका अध्यक्ष तथा नेकपा सुनसरीका जिल्ला सदस्य रामप्रसाद चौलागाईलाई खानेपानीमा भष्ट्रचार गरेको भन्दै इटहरीका मेयरले झापट हानेका थिए । खानेपानीको पाईप विछ्उँदा,खरिद गर्दा र जग्गा खरिदमा भष्ट्रचार गरेको भन्दै मेयरले सार्वजनिक कार्यक्रममा झापट हानेका हुन । मङगलबार नेकपाको पदस्थापना कार्यक्रममा रामप्रसाद चौलागाईले हाल मिलाउँन खोज्दा भष्ट्रचारीले म सँग हात मिलाउँने भन्दै दूई थप्पड हानेको प्रत्यक्षदर्शीले बताएका छन ।

तत्कालिन एमालेका नगर इन्जार्च समेत रहेका चौलागाईलाई नेकपाको सपथ कार्यक्रममै लामो समय देखि खानेपानीमा ब्यापक भष्ट्रचार गरेको भन्दै झापट हानेका हुन । रामप्रसादले भष्ट्रचार गर्यो भन्दै ठाउँ ठाउँमा कुटेको भन्दै मेयरले भाषण समेत गर्ने थालेका छन । बुधबार इटहरी १९ का वडासचिव मनोज दाहाल र उपमहानगरपालिकाका सब ओभरसियर राम खड्कामाथि समेत मेयर चौधरीले हातपात गरे । विहानको समयमा सब ओभरसियर खड्कामाथि सेवाग्राहीसँग घुस लिएको भन्दै इटहरीका मेयर चौधरीले हातपात गरेको घटना बाहिरियो । मेयर चौधरीले दुई कर्मचारीलाई एकैदिन गलत आरोप लगाउँदै हातपात गरेपछि कर्मचारीहरु समेत रुष्ट बने ।

घुस लिएको भन्दै मेयर चौधरीले सब ओभरसियर खड्कालाई कार्यालयबाट गलहत्याएर निकाले । उनले घुस खाने कर्मचारीलाई यहाँ प्रवेश छैन भन्दै गेटबाटै बुधबार निकाले । लगत्तै बुधबार मध्ह्यान्नको समयमा इटहरी १९ का वडासचिव दाहाललाई नगरपालिका परिसरमै बोलाएर भ्रष्टाचार गरेको भन्दै हातपात गरे ।

सोही बिषयमा बुझन गएका पत्रकारहरुलाई समेत इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले दुव्र्यवहार गरे । समाचार संकलनको क्रममा प्रतिक्रिया लिन पुगेका पत्रकारद्धय विकल रेग्मी र कृष्णबहाव भट्टराईलाई गाली गलौज गर्दै मेयर चौधरीले दुव्र्यवहार मात्र गरेनन् कठालो नै समाते । उनले पत्रकार रेग्मीलाई कठालो समातेका छन् भने भट्टराईलाई सार्वजनिक स्थलमा हप्काएका थिए । मेयरले दिउसो कर्मचारी कुटपिटको विषयमा प्रतिक्रिया लिन पुगेको दुबै पत्रकारमाथि मेयरले दुव्र्यवहार गरेपछि नेपाल पत्रकार महासंघ सुनसरीले एक विज्ञप्ती जारी गर्दै भत्र्सना गरेको छ ।

यसैबीच, कर्मचारीहरु संगठित भएर इटहरी उपमहानगरपालिका परिसरमा अनिश्चितकालीनका लागि तालबन्दी गरेका छन् । लाबन्दीका कारण बिहिबार कार्यलय बन्द रहेको छ भने कर्मचारहिरु आन्दोलित भएका छन ।

तपाईको प्रतिक्रिया

Loading…