काठमाडौंमा भरखर गयाे ५ रेक्टरको भूकम्प

शुक्रबार राजधानी काठमाडौं आसपासमा भूकम्प गएको छ । धादिङ जिल्लाकाे कम्पुर लाइ केन्द्र बिन्दु बनाएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्प दिउँसाे करिब २ बजेर ८ मिनेटमा गएकाे हाे । केन्द्रका अनुसार भूकम्प ५ रेक्टर स्केलकाे रहेकाे थियाे । याे भूकम्प विस २०७२ सालमा गएकाे महाभूकम्पकाे पराकम्पन भएकाे मापन केन्द्रले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…