इनरुवामा दुर्घटना हुँदा एकको मृत्यु

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । बिहिवार बिहानै साढे ६ बजेको समयमा ना ६ ख १८९९ नम्बरको मिनि ट्रकले पश्चिम बाट आउँदै गरेको को २ ह ११४८ नम्बरको सिटी रिक्सा र को १ च ७०५१ नम्बरको मारुती भ्यानमा ठक्कर दिएको थियो ।

दुर्घटनामा परी कोशी गाउँपालीका २ बस्ने ४० वर्षका भरत साहको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको सुनसरीका डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए । पोस्टमार्टम पछि साहको शव परिवार लाई बुझाएको छ भने अरु घाइते चारजनाको बिराटनगर गोल्डेन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…