रंग उद्योगको मेसिनले हात काट्दा मजदुर घाइते

माेरङ / विराटनगर महानगरपालिका–५ पुलचौकमा रहेको सनलाइट रंग उद्योगको मेसिनले हात काट्दा विबहीबार साँझ एक मजदुर गम्भीर घाइते भएका छन् । दाहिने हातको नाडीमा मेसिनले काटेर मोरङको ग्रामथान गाउँपालिका–२ का १७ वर्षीय मेघराज राजवंशी घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

काम गर्ने क्रममा अचानक मेसिनले हात काटेपछि घाइते भएका राजवंशीको अवस्था गम्भीरु रहेको प्रहरीले जनाएको छ । उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । डीएसपी श्रेष्ठले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताए ।

तपाईको प्रतिक्रिया

Loading…