गलैँचा कारखानामा आगलागी

ललितपुर महानगरपालिका धापाखेलस्थित आरके कार्पेट एण्ड ह्याण्डिक्राफ्ट प्रालिमा भएको आगलागी झण्डै दुई घण्टामा नियन्त्रणमा आएको छ । साँझ ७ बजेर ५० मिनेटबाट शुरु भएको आगलागी राति १० बजे नियन्त्रणमा आएको हो । आगलागी भएको केही समयमा नै पाँच दमकल पुगेकाले थप क्षति हुन नपाएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले बताउनुभयो । आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति भएको परिसरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…