सरकारले पत्रकारलाई अपाङग बनाउँन खोजेको भन्दै इटहरीमा युनियनको प्रदर्शन

मिडिया बिरोधि विधेयक खारिज गर्न पत्रकारहरुकाे माग

इटहरी / मिडिया बिरोधि विधेयक खारिज गर्न माग गर्दै नेपाल प्रेस युनियन सुनसरी शाखाले इटहरीमा प्रदर्शन गरेको छ ।
वर्तमान केपी शर्मा ओलि नेतृत्वको सरकारले प्रेस लाई अंकुश लगाउन खोजिएको भन्दै बुधबार युनियनको नेतृत्वमा इटहरीमा प्रदर्शन गरिएको हो ।

प्रेस स्वतन्त्रता लाई वर्तमान सरकारले अंकुश लगाउने उद्देश्य प्रेस काउन्सिल सम्बन्धि विधेयक संसदमा पेस गरेको भन्दै प्रेस युनियनको नेतृत्वमा दुई दर्जन बढी पत्रकारहरुले सडकमा मुखमा कालोपट्टी बाधेर एक खुट्टा उचालेर विरोध प्रदर्शन गरेका हुन ।

सरकारले पत्रकारलाई अपाङग बनाउँन खोजेको बन्दै साङ्केतिक विरोध स्वरुप मुखमा पट्टी र एक खुट्टा उचालेको प्रेस युनियन सुनसरीका सभापति धनबहादुर पुरीले बताए । प्रेस स्वतन्त्रता हनन गर्ने गरी, संबिधानले दिएको अधिकार खोस्ने गरी बनाउने कुनैपनि स्वीकार नहुने सभापति पुरीले बताए । युनियनको बिरोध कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुईटेल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का सहितको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…