यौन व्यवसाय को कारण वदनाम बनेको इटहरी वसपार्क मर्यादित र व्यवस्थीत बन्दै

इटहरी/ केही वर्ष अगाडी यौन व्यवसाय को कारण वदनाम बनेको इटहरी बसपार्क अहिले व्यवस्थीत बनेको छ । विक्रम संम्बत २०७१ अगाडी सुनसरीको इटहरी बसपार्क आसपासका क्षेत्रमा रहेका होटलहरुमा यौन व्यवसाय हुने भन्दै बदनाम बनेको इटहरी बसपार्क अहिले व्यवस्थीत र मर्यादीत बनेको छ । कानुनले बर्जित गरेको यौनव्यापार रोक्नलाई तत्कालीन इटहरीका डिएस्पी विनोद शर्माले छापा मार्ने अभियान नै चलाएका थिए । सो समयमा हरेक होटलमा यौन व्यवसाय गर्ने अवस्था रहेको थियो तर पछिल्लो समय इटहरी वसपार्क क्षेत्रमा सो व्यवसाय पुर्ण रुपले बन्द भएको स्थानीय बताउछन ।

२०५७ सालमा इटहरीमा पहिलो पटक डान्स रेष्टुरेण्ट खुलेपछि क्याविन रेष्टुरेण्ट पनि खुल्ने क्रम सुरु भएको थियो । त्यतीबेला चलेका होटल र रेष्टुरेण्ट भन्दा फरक डान्स रेष्टुरेण्टमा यौन व्यवसायी महिला खोज्न सजिलो हुन्थ्यो । यसैको सिको गर्दे इटहरीमा क्याविन रेष्टुरेण्ट खुले र त्यो सँगै खुल्ला रुपमै इटहरी बसपार्कको आसपास क्षेत्रमा यौन व्यवसाय हुने गरेको थियो ।

इटहरीको बसपार्क यात्रुहरुका लागी मात्र नभएर यौन प्यास मेटाउनेहरुका लागी पनि एउटा गन्तव्य बन्दै गएको थियो । बसपार्क सार्वजनीक स्थल भएर पनि यस क्षेत्रमा गैर–कानुनी रुपमा भइरहेको यौन व्यवसायले गर्दा यस क्षेत्रका स्थानीय बासिन्दाहरु बढि प्रभावित भएका थिए । सोही समयदेखी इटहरीमा रहेका क्याविन रेष्टुरेण्टलाई व्यवस्थित गरिनु पर्छ भनेर स्थानीयले आवाज उठाउदै आएका थिए । लाम्रो समयको प्रयास पछी इटहरी वसपार्क मर्यादित र व्यवस्थीत बनेको स्थानीय सोम नाथ ढकाल बताउछन ।

पछिल्लो समय इटहरी वसपार्क क्षेत्रमा यौन व्यवसाय भएको पाइदैन । कुनै समय यौन व्यसायीको अखडा भनेर चिनिएके कारण मानीसहरु वसपार्क आसपास जान डराउथे तर अहिले परीवार सहित होटल लजमा वस्न आउने गरेको व्यवसायीहरु बताउछन । इटहरीलाई अपराध मुक्त सहर बनाउने लक्क्ष रहेको इटहरीका डिएस्पी समिर चन्द्र खरेल बताउछन ।

अहिले वसपार्क क्षेत्रमा यौन व्यवसाय रोकीएपछी इटहरी वसपार्क नमुना वसपार्क बनाउने अभियानमा स्थानीय जुटेका छन । इटहरी वसपार्क क्षेत्रलाई मर्यादित र व्यवस्थीत बनाउन आमा समुह, महिला समुह , सामाजीक संघ संस्था एक भएर जुटेका छन ।

तपाईको प्रतिक्रिया

Loading…