तेह्रथुम भेट्रानलाई हराउदै शसस्त्र पकली सेमिफाइनल प्रवेश

पथरी / मोरङ्गको सुनबर्सी २ अमरदहमा जारी प्रदेश स्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा शसस्त्र पकली भेट्रान विजयी भएको छ । शसस्त्र पकली भेट्रानले तेह्रथुम भेट्रानलाई ६–२ गोल अन्तरले पाखा लगाउदै सेमिफाईनलको यात्रा तय गरेको हो ।निर्धरित ७० मिनेटको खेलमा अधिकाश समय शसस्त्र पकली भेट्रानले बल आफ्नो पक्षमा राखेको थियो ।

खेल सुरु भएको पहिलो हाफको १० औँ मिनेटमा शसस्त्र पकली भेट्रानका विनोद लोप्चनको गोलबाट टिमले अग्रता लिएको थियो । खेलको १६ औ मिनेटमा सस्त्रका टिकाराम विक र २६ औ मिनेटमा दिपक पौड्ेलले गोल गर्दै पहिलो आफ ०–३ को अग्रता बनाए । एक पक्षीय खेलको दोस्रो हाफको ४० र ४३ औं मिनेटमा टिकारामले ब्याक्ती गत ३ गोल गर्दै ह्याट्रीक पुरा गरे । खेलको अतिरिक्त समयमा शसस्त्रका उत्तम कार्कीले थप एक गोल गर्दै आफ्नो टिमलाई ६–२ को फराकीलो अन्तरले जित दिलाए ।

तेह्रथुमका लागि भने दोश्रो हाफको ३० औ र ३५ औ मिनेटमा वसन्त लिम्वुले २ गोल गरेका थिए । सोमवारको खेलको उत्कृष्ट खेलाडी शसस्त्र पकली ह्याट्रिक कर्ता टिकाराम विक घोषित हुँदै नगद २ हजार रुपियाँ र मेडल हात पारे । मंगलवारको तेस्रो क्वाटरफाइनल खेल विराटचौक भेट्रान र दमकका बिच हुने आयोजक क्लवका अध्यक्ष प्रताप तामाङले वताए । प्रतियोगीताको फाइनल बैशाख २१ देखि जेष्ठ ७ गते सम्म सुनबर्शी नगरपालिका २ अमरदहको बिरेन्द्र सार्वजनीक मा. वि. मा संचालन हुदैछ ।

१ नं. प्रदेशका १६ टिमले भाग लिएको प्रतियोगितामा ३० बर्ष पुगेका भेट्रान खेलाडीहरुले प्रतिस्पर्दा गर्दै छन । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजारका साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…