दोस्रो सीएम कन्दङ्वा क्रिकेट प्रतियोगिता हुने

पथरी / सी एम कन्दङ्वा प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पथरीशनिश्चरे क्रिकेट क्लवको आयोजनामा जेष्ठ ११ देखि १७ गते सम्म मोरङको पथरीशनिश्चरेमा प्रदेश नं. १ स्तरीय क्रिकेटमा हुने भएको हो । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १६ टिमको सहभागिता रहने आयोजकले बताएका छन । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय २२ रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको वेष्ट बलर, वेष्ट ब्लाट्समेन, मेन अफ द सिरिजलाई नगद २ हजार ५ सय ५५ का साथ ट्रफी प्राप्त गर्ने छन भने प्रत्येक खेलमा मेन अफ द म्याचलाई नगद १ हजार १ सय ११ ट्रर्फीेको व्यवस्था रहेको आयोजकले पत्रकार संम्मेलन गरि जानकारी दिएको छ । प्रतियोगिताको मूख्य प्रायोजक एभरेष्ट अंग्रेजी आवसिय माध्यमिक विद्यालयले गरेको छ भने प्रतियोगिताको अनुमानित खर्च ३ लाख ८० हजार लाग्ने क्लबका कोषाध्यक्ष एन्जल राईले बताए । प्रतियोगिता पथरीशनिश्चरेको प्रस्थापित रङ्गशाला हुने जेष्ठ ११ देखि १७ गते सम्म संचालन हुने छ ।

सि एम कन्दङ्वाको योग्दानलाई कदर गर्दै उनका छोरा रविन कन्दङवाले प्रत्येक बर्ष खेलकुद र देशलाई चिनाउन सफल प्रतिभा सालि २ जना ब्याक्तीलाई सम्मान गर्दै आउनु भएको छ । सी एम कन्दङ्वाको स्मृतीमा २०७५ साल देखि क्रिकेट र प्रतिभा सम्मान कार्यक्रम गर्दै पथरीलाई छुटै पहिचान गराउदै आएको छ ।

२०७५ सालमा भएको क्रिकेट प्रतियोगितामा बिराटनगरको ब्लु स्टार क्लव विजयी भएको थियो भने आयोजक पथरीशनिश्चरे क्रिकेट दोस्रो भएको थियो । त्यस्तै २०७५ सालमा एल पि जोसी र शंकर चापागाई (धनकुटे कान्छा) लाई सम्मान गरिएको थियो । कन्दङ्वाले आफ्नो जिवनकालमा राजनिती, साहित्य र शिक्षामा उलेख्नीय योग्दान पुर्याउनु भएको थियो । पथरीशनिश्चरेमा पहिलो निजी बिध्यालय एभरेष्ट अग्रेजी आवसीय मा वि स्थापना गर्न सफल रहनु भएको थियो । हाल सो बिध्यालयले कन्दङको नाममा अक्षय कोसको स्थापना गरी समाजको बिभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading…