संखुवसभा भेट्रान हराउदै उर्लाबारी भेट्रान विजयी

पथरी / प्रदेश स्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिताको आईतबारको खेलमा पाहुना टोली संखुवसभा भेट्रानलाई ० का विरुद्ध ५ गोल अन्तरले हराउदै उर्लाबारी भेट्रान सेमिफाईनल प्रबेश गरेको छ। राष्ट्रिय टोलीका खेलाडी सहित मैदान उत्रिएको उर्लाबारी भेट्रानको लागि खेलको १० औं मिनेटमा टंक लामाले गोल गर्दै अग्रता लिएका थिए ।

एक गोल खाएको संखुवसभाको त्यस पछि खेलमा तालमेल मिलेन डिफेन्डरको कमजोरको फाईदा लिदै खेलको २५ औं मिनेटमा बुद्ध चेम्जोङ र २६ औं मिनेटमा कप्तान अनिल गुरुङले गोल गर्दै उर्लाबारीलाई ३ गोलको अग्रता बनाए । दोस्रो हाफमा केही सुधारीएको संखुवसभाले २६ औं मिनेटमा दिपक राईले सान्तवना गोल गरे । थप गरिएको अतिरिक्त समयमा पेनाल्टी मार्फत अनिल गुरुङले गोल गर्दै आफ्नो टिमलाई ४१ गोल अन्तरले जित दिलाए ।

संखुवसभाले आयोजक अमरदह भेट्रान बि लाई हराएको थियो भने उर्लाबारीले बिर्तामोड भेट्रानलाई हराउदै क्वाटरको यात्र गरेको थियो । खेलको म्यान अफ द म्याच उर्लाबारीका बुद्ध चेम्जोङ घोषित हुँदै नगद २ हजार प्राप्त गरे । सोमबारको खेल तेह्रथुम भेट्रान र ए पि एफ बिच हुनेछ । ३० बर्ष नाघेका १ नं. प्रदेशका १६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ ।

अमरदह ढल्के जोवनको आयोजनामा भएको प्रतियोगिता सुनबर्षी नगरपालिका वडा नं. २ मा रहेको बिरेन्द्र सावर्जनीक मा.वी. को खेल मैदानमा बैशाख २१ देखि सुरु भई जेष्ट ७ गते सम्म संचालन हुदैछ ।

तपाईको प्रतिक्रिया

Loading…