मस्टर पथरीशनिश्चरे शारीरीक शुगठन घतानीलाई

पथरी / पथरी फिटनेस क्लवको आयोजनामा भएको मिस्टर पथरीशनिश्चरे सुगठन प्रतियोगिताको उपाधि मनोज घतानीले जितेका छन । घतानीले १० जना प्रतिस्पर्धीलाई उछिन्दै मिस्टर पथरीशनिश्चरे शारिरीक सुगठनको उपाधि चुम्न सफल भए भने, फस्ट रनर अप राज लिम्बू, सेकेन्ड रनर अप सन्दीप लिम्बू भएका छन । मिस्टर पथरीशनिश्चरे बनेका घतानीले नगद २५ हजार र फष्ट रनर अप राज लिम्बु र सेकेन्ड रनर अफ सन्दिप लिम्बुले क्रमस २० हजार, १५ हजारका साथ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

पथरीशनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा पहिलो पुरस्कार काबिल कन्ट्रक्सन र तेस्रो पुरस्कार वडा १० ले प्रायोजना गरेका थियो । प्रतियोगिताको वेष्ट पोजर कुमार धिमाल, मस्ट मस्कुलर राज लिम्बुले जनही ५ हजार प्राप्त गरे ।

प्रतियोगितालाई थप मनोरन्जन प्रदान गर्न खेम राईले बुलेट बाइक उचालेर देखाएका भने तुल श्रेष्ठ र अजल मल्लिक (राउडी) ले डेमो शेसन देखाएका थिए । कञ्चन चित्र मन्दिरमा भएको हलमा भएको मिस्टर शारिरीक सुगठन प्रतियोगितामा ३ तौल समुह (६० केजी, ६५ केजी र ७० केजी) का बिच प्रतिस्पर्धा भएको थियो । विजेता खेलाडीलाई कार्यक्रमका नगर प्रमुख दिलिपकुमार, उप मेयर यमुना बिष्ट बास्तोला र मोरङ बडि बिल्डर संघका अध्यक्ष अम्लेश कर्णले पुरस्कृत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…