पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

पथरी / प्रदेश स्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा ईटहरी भेट्रान क्लवले पथरी भेट्रान क्लवलाई २ का बिरुद्ध ३ गोल गर्दै दोस्रो चरणको यात्र तय गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा पथरी भेट्रान क्लवका चन्द्र कुमार गिरीले खेलको २८ औं मिनेटमा र दिपक राईले ३० औं मिनेटमा गोल गरे पनि जित दिलाउन सकेन्न ।

दोस्रो हाफमा लयसमालेको ईटहरीले दोस्रो हाफको ५ र ९ मिनेटमा तिर्थ बस्नेतले २ गोल गर्दै खेल बराबरीमा पुर्याए । एक पछि अर्कने आक्रमक खेल खेलेको र दर्शकको साथ पाएको ईटहरी भेट्रानका लागि लिले मगरले दोस्रो हाफको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच ईटहरी भेट्रानको लागि २ गोल तिर्थ बस्नेत घोषित हुँदै नगद २ हजार प्रापत गरे ।

भोलिको खेल सि. बि. सि भेट्रान चन्द्रगणी झापा र बिराटचोक भेट्रान बिच हुनेछ । ३० बर्ष नाघेका १ नं. प्रदेशका १६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ । अमरदह ढल्के जोवनको आयोजनामा भएको प्रतियोगिता सुनबर्षी नगरपालिका वडा नं. २ मा रहेको बिरेन्द्र सावर्जनीक मा. वीको खेल मैदानमा बैशाख २१ देखि सुरु भई जेष्ट ७ गते सम्म सन्चालन हुदैछ ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…