भव्य र सभ्य बन्यो अर्ध कुम्भमेला

संघिय सरकारको कुम्भ मेलामा साथ सहयोग र भुमिका शुन्य

सुनसरी / सुनसरीको वराहक्षेत्र नपा स्थित प्राचीन हरिद्धार चतराधाम कुम्भ नगरीमा चैत २३ गते देखी बैशाख २४ सम्म आयोजना भएको दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ महोत्सव भव्य र सभ्य बनेर नेपाल र नेपालीका लागि मmर्नै महत्वपूर्ण बन्न सफल भएको छ ।

कुम्भ मेलामा ३५ लाख भन्दा बढी धार्मिक भक्तजनहरुको सहभागिता रहेको साथै २ करोड खर्च र ५० लाख कमै आम्दामी भएको कुम्भ मेला आयोजक समितीका महासचिव प्रल्लाद भट्टराईले जानकारी दिए । उनले कुम्भ मेलाको लागि स्थानिय सरकार बराहक्षेत्र नगरपालिका बाट १९ लाख रुपैया र अन्य महत्वपुर्ण कामकुराको सहयोग प्राप्त भएको साथै प्रदेश सरकारबाट १ करोड रकम दिने घोषण भएको भए पनि अहिले सम्म रकम नपाएको बताए । भट्टराईले कुम्भ मेलाको अवलोकन, दर्शन तथा स्नानका लागि भक्तजनको घुइचो बढेको राम्रो र सकारात्मक प्रतिक्रीया समेत आएको बताउंदै संघिय सरकारले भने कुम्भ मेलालाई वेवास्था गरि कुनै पनि किसीमको साथ सहयोग नगरेको र भुमीका शुन्य रहेको गुनोसो व्यक्त गरे । कुम्भ मेलामा दर्बिलो सुरक्षा व्यवस्थामा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको समेत परिचालन गरिएको थियो ।

मेलामा निशुक्क खानाका लागि माडवाडी समाज विराटनगरले सहयोग गरेको थियो । यस पटकको अद्र्ध कुम्भमेलाको १ नं प्रदेश सरकारले सम्पन्न गर्नको लागि जिम्मेवारी लिएको हो । धार्मिक हिसावले शास्त्रीय प्रमाणका आधारमा एकदमै महत्वपूर्ण मानिएको मेला सम्पन गर्नको लागि विभिन्न धर्मप्रेमी ,सरोकारवाला ,सेवामुखी माहानुभावको ठुलो सरसहयोग तथा सद्भाव प्रदान भएको आयोजले बताएको छ ।

अद्र्धकुम्भ आयोजनाको लागि नेपालका ऐतिहासिक प्रथम जगद्गुरु बालसन्तको संयोजकत्वमा मुल आयोजक समिति गठन गरि कामलाई अघि बढाईएको थियो । धार्मिक तथा पर्यटकीय हिसावले समेत भव्य, सभ्य मानिएको कुम्भ मेलामा नेपाल र भारतका लाखौ भक्तजनहरुको सहभागी भएको छ । अध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको सुनसरी वराहक्षेत्र प्राचीन हरिद्वारा चतराधामको एक महिने पिण्डेश्वर अद्र्ध महाकुम्भ मेलामा सम्पूर्ण क्षेत्र समेत उत्साहित भएको नेपालमा कुम्भमेलाका परिकल्पनाकार तथा प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्यले बताउनुभयो । उहालें कुम्भ मेलाबाट नेपाल र नेपाली बिचको एकता तथा धार्मिक सद्भावमा विकाश हुने हुंदा देश विदेश बाट कुम्भमेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व बढेर गएको उल्लेख गर्नु भयो । उहाले बर्सेने धर्मका नाममा विदेशिने रकम रोकथाम गर्न कुम्भ मेला आवश्यक भएको उल्लेख गदै कुम्भ मेला अवधीभर धर्मालम्बीलाई असहज नहोस भन्ने अभिप्रायले अस्थायी प्रदेश कार्यालय समेत चतरामा खोलिएको बताउनु भयो ।

मेलालाई भव्यताका साथ सम्पन्न गर्न बराहक्षेत्र नगरपालिका लागी परेको साथै मेलाका हरेक क्रियाकलापमा बराहक्षेत्र नपा गम्भीरता पूर्वक लागेको बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले जानकारी दिनुभयो । मेला अवधीभर चतरामा मदिरा,माछा,मासु विक्री वितरणमा निषेध गरिएको नगरप्रमुख खनालले बताउनु भयो । मेलामा नेपाल अधिराज्यभरी तथा विदेशी भुमीबाट समेत दर्शनका लागि भक्तजन आउने जाने भएकाले यसको महत्व अझै बढेर गएको खनालको भनाई छ ।

नेपाल र नेपालीको गौरव अनि लामो समयको पर्खाईमा आउने धार्मीक रुपमा सम्मान पूर्वक हेरीएको कुम्भमेलामा हुने स्नानको समेत आध्यात्मिक पक्षमा ठूलो महत्व रहेकोले कुम्भ मेलाको शुरुमा मौसम अनुकुल नभए पनि मेला सफलता पुर्वक अघि बढेको खनालको भनाई छ । उहालें मानिसको जीवनमा धर्म र संस्कृतीको ठुलो आवश्यता भएकाले चतराधाममा लाग्ने कुम्भ मेलामा आउने भक्तजनको मन समेत अति नै र्हिसत हुने गरेको जानकारी दिनुभयो । अद्र्धकुम्भ मेलामा कोटिहोम, वेदपाठ,पुराणवाचन ,सामुहिक व्रतबन्ध, स्वदेश तथा विदेशका जगद्गुरु, शङ्कराचार्यहरु , धर्माचार्य एवम चतुष्सप्रदायका वैष्णवाचार्यहरुबाट प्रवचन, साहित्यिक कार्यक्रम, मmांकीहरु , भजनकीर्तन , शास्त्रार्थ सम्मेलन लगायतका विविध कार्यक्रम भएको छ ।

नेपालमा प्रथम पिडेश्वर कुम्भ मेला महोत्सवको रुपमा २०५९ चैत्र ६ गते देखी एक महिना सम्म ,२०६३ चैत्र ६ गते एक महिना सम्म अद्र्धकुम्भका रुपमा प्राचीन हरीद्धारमा लागेको थियो । तेसै गरी २०७० र ७१ सालमा बाह्र वर्षे महाकुम्भ मेला आयोजना गरिएको थियो । भारतमा जाहां जहां एक एक थोपा अमृत मmरे त्याहां कुम्भ मेला भन्ने चलन रहेको तथा नेपालमा भने रुद्राक्षको सुन्दर वनमा अमृत तरलाई पिण्ड बनाएर स्थापना गरिए पछी कुम्भ मेला भन्ने गरिएको जानकारहरु बताउछन । बाह्रकुम्भ मध्ये नेपाल लगायत भारतका प्रयाग, नासीक ,उज्जैन र हरिद्धारमा कुम्भमेला लाग्ने गर्दछ । यसले हाम्रो देशको धर्म ,संस्कार र संस्कृतीको पुर्नउत्थान गरेको छ ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया

सुन्दरहरैचाको शुक्रबारेमा सिद्वार्थ गौतम बाल स्तम्भ

सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

ग्राहकको रोजाईमा पूर्वाञ्चल पोलिमर, फेबिकल देखी पेन्ट्स सम्मको स्वदेशी उत्पादन

दाह्री ग्याङ सुन्दरहरैंचाको सहयोग अनिसा सापकोटालाई

सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण तथा प्राध्यापक कर्मचारीकाे विदाई

माेरङकाे सलकपुर नर्सरी प्रदेश १ कै सबै भन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नती

सुन्दरहरैचा-इटहरी सडक जाम : यात्रीलाई सास्ती र सवारी साधन लामबद्व (१९ तस्विरहरू)

भव्य र सभ्य बन्यो अर्ध कुम्भमेला

तपाईको प्रतिक्रिया

Loading…