प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पथरी / मोरङको बेलबारीमा जारी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको सोमवार भएको खेलमा उदयपुर र झापा विजयी भएका छन् । मोरङको लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा भएको क्वाटर फाईनल खेलमा उदयपुरले ईलामलाई दुई एक गोल अन्तरले हराएको थियो । उदयपुरकी मनिका राईले ३८ औ मिनेटमा इलामको पोष्टमा पहिलो गोल गरेकि थिईन । ४५औं मिनेटमा यूमालुंमा राईले पुन एक गोल थपे पछि उदयपुरले २ गोलको अग्रता बनायो । ईलामकी सम्रचना प्रधानले ४५ औ मिनेटमा एक सान्तवना गोल गरिन ।

त्यस्तै सोमवारै भएको अर्को क्वाटर फाइनल खेलमा सुनसरीलाई शुन्यका बिरुद्ध दुई गोल अन्तरले झापा बिजयी भएको छ । खेलको २२ मिनेटमा झापाकी पुजा खतिवडाले पहिलो गोल गरेकी थिइन् । त्यसैगरी दोस्रो हाफको ११ मिनेटमा झापाकै ममता राउतले दोस्रो गोल गरेर टिमलाई सेमिफाइनलको यात्रा सुनिश्चित गराईन् । मंगलवार हुने सेमिफाइनल खेलमा भने मोरङ र उदयपुर तथा ताप्लेजुङ र झापा विच हुने आयोजकले जनाएको छ । ताप्लेजुङले भोजपुरलाई पराजीत गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । १९ हिजोदेखि बेलबारीको लक्ष्मी खेल मैदानमा शुरु भएको प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुने बताएको छ ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…