अग्रज पत्रकार भण्डारी ४१ हजार नगद सहित पुरस्कृत

सुन्दरहरैचा / अग्रज पत्रकार मोहन भण्डारी विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा भवानीप्रसाद–जीवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । भण्डारीलाई प्रदेश प्रमुख प्राडा गोबिन्दबहादुर तुम्बाहाङले पुरस्कार प्रदान गरे । पुरस्कारको राशी ४१ हजार रुपैयाँ छ । पुरस्कार प्रदान गर्दै प्रदेश प्रमुख तुम्बाहाङले पत्रकारले जनतालाई सूसुचित गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । जस्तोसुकै परिस्थितिमा जनतालाई सही सूचना पुर्याउने भएकाले पत्रकारलाई राज्यको चौथो अंग भनिएको उनले बताए ।

पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय रहेका हेमराज रेग्मी परिवारले मातापिताको नाममा यसैवर्ष कोषको स्थापना गरेका थिए । कोषले हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मोरङ जिल्ला कार्यक्षेत्र रही कम्तीमा १५ वर्ष पत्रकारिता गरेका व्यक्तिलाई पुरस्कृत गर्नेछ । सो पुरस्कार पाउने भण्डारी पहिलो व्यक्ति हुन् । उनले मोरङ जिल्लालाई कार्यक्षेत्र बनाई झण्डै चार दशकदेखि पत्रकारिता गर्दै आएका छन् । उनि उद्घघाेष राष्ट्रिय दैनिकका सम्पादक हुन ।

पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश रेग्मी, अग्रज पत्रकार शिवबहादुर कार्की, दाताको तर्फबाट हेमराज रेग्मी, पत्रकार महासंघ प्रदेश १ महासचिव विबेक गौतम लगाएतले बाेलेका थिए ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

ग्राहकको रोजाईमा पूर्वाञ्चल पोलिमर, फेबिकल देखी पेन्ट्स सम्मको स्वदेशी उत्पादन

दाह्री ग्याङ सुन्दरहरैंचाको सहयोग अनिसा सापकोटालाई

सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण तथा प्राध्यापक कर्मचारीकाे विदाई

माेरङकाे सलकपुर नर्सरी प्रदेश १ कै सबै भन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नती

सुन्दरहरैचा-इटहरी सडक जाम : यात्रीलाई सास्ती र सवारी साधन लामबद्व (१९ तस्विरहरू)

भव्य र सभ्य बन्यो अर्ध कुम्भमेला

कामना विकास बैंकको सेवामा स्तरोन्नती

गाेठगाउँमा बसकाे ठकरबाट माेटरसाईकल चालक गम्भिर (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…