आइसिटी डेका अवसरमा क्यान सुनसरीकाे इटहरीमा प्रभातफेरी ( २१ तस्विरहरू सहित)

सुनसरी / डिजिटल नेपाल विकास र समृद्धिको आधार नाराका साथ राष्ट्रिय सुचना तथा प्रविधि दिवस आज देश भरी भव्यताको साथ मनाएको छ । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान)महासंघ सुनसरीले राष्ट्रिय सुचना तथा प्रविधि दिवस (आइसिटी डे) बिहिबार इटहरीमा नगर प्रभातफेरी गरीसम्पन्न गरेकाे छ । इटहरी चाेकबाट सुरू भएकाे उक्त र्याली आइतबारे, आर्मी क्याप्प, जुटबिकास, बिपीचाेक हुँदै मुख्य चाेक आएर सभामा परिणत भएको थियो ।

सभामा बिभिन्न बक्ताहरूले सुचना प्रविधी बिषयमा आफ्नाे धारणा व्यक्त गरेका थिए । कार्यक्रममा क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारी, क्यान महासंघ प्रदेश १ सचिब भवकृष्ण तिम्सिना, क्यान सुनसरी कोषाध्यक्ष खड्ग ओझा, सचिव पुश्प अधिकारी लगायत ४० बढी सदस्यहरूकाे  उपस्थिती रहेकाे थियाे ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…