श्रमिक भन्छन् “दिवसले पेट भरिन्दैन”

तेह्रथुम / बिहानीको उज्याले सँगै हातमा प्लेन्जर,राउटर तथा काठ काट्ने करौती खेलाउनु लालीगुराँस नगरपालिका ८ सुङनामका मान बहादुर लिम्बुको दैनिकी हो । बिहानीको र्मि्मिरे देखि बेलुकी अबेरसम्म सिकर्मीको रुपमा काम गर्नु उनको बाध्यता पनि हो । बिगत १५ बर्षदेखी मिस्त्री काम गर्दै आएका लिम्बुलाई कुनै दिबसले छुने गरेको छैन । देशका बिभिन्न भेगहरुमा पुग्दै साना ठुला भौतिक संरचना निर्माणका लागी मजदुरहर साँझ बिहान श्रम खर्चिदै आएका छन । सिकर्मी काम गरेरै परिवारको जिविका चलाउँदै आएका लिम्बुले श्रम गरेर जुटाएको रकमले गाउँमा निमार्ण हुने घरका साथै फर्निचरको काम गरि रहेका छन । मेहेनत र श्रम गरे रोजगारका लागी बिदेशिनु मात्र ठुलो कुरा नरहेको उनको भनाई रहेको छ । मेला,पर्ब,महोत्सव तथा बिदाहरुको कहिल्यै कामको लागी प्रबाह हुँदैन लिम्बुलाई । १ छोरी श्रीमतीको साथमा रहेका उनी जिल्लाको बिभीन्न स्थानहरुमा पुगेर काम गर्दै आएका छन ।

लिम्बु भन्छन् “दिवशले पेट भरिन्दैनन्” पेट भर्नकै लागी भएपनी काम गर्नु पर्छ । श्रम गरेन भने पारिश्रमिक पाउँदैनन् । राज्यले बनाएको ऐन संबिधानमा मजदुरहरुको ज्यालाको बारेमा उनी बेखर छन । उमेरले ३० नाघेका लिम्बुलाई श्रमिक दिबश र मजदुर दिबसको प्रबाह छैन । अन्तराष्ट्रीय श्रमिक दिबशका दिन काम गर्दै गरेका उनलाई के दिबश हो भन्ने जानकारी छैन । उनी जस्तै छथर २ का अमुत लिम्बुको दैनिक हातमा कर्नी र मसला खेलाउनु मै बित्ने गरेका छ । लिम्बु ज्यालादारीमा मिस्त्री काममा तल्लीन हुँदै आएका गाउँमा घर गोठ देखी भौतिक संरचना निमार्ण गर्दै आएका छन ।

उनीहरुले मस्त्री काम गरे वापत प्रतिदिन ८ सय देखी १ हजारसम्म पाउँछन् । संबिधानमा श्रमिकहरुको लागी बनेको ऐन कानुन बारे थाहा नभएको बताउँछन । मान बहादुर र अमृत उदाहरण मात्र हुन । उनीहरु जस्तै ज्यालामा काम गर्ने श्रमिकहरुलाई संबिधानको बारे कुनै ज्ञान छैन । ऐन कानुनल ेराज्यले दिएको सेवा सुबिधा लिने सरकारी कर्मचारीलाई मात्र छुने गरेको छ । भौतिक रुपमा शरिरीक काम गर्ने श्रमिकहरुको लागी दिवशको कुनै प्रबाह छैन । एकदिन काम नगरे श्रमिकहले ज्याला पाउँदैनन् । सरकारी कर्मचारीहरुलाई जती धेरै दिवसहरु ह्ुन्छन । त्यती नै सहज हुने बताउँछन । राज्यको सेवा सुबिधा लिएका कर्मचारी बिदाहरुको पखाईमा रहेका हुन्छन् ।

तर श्रम गर्ने श्रमिकहरु भने बन्द हाडताल लगायत बिभिन्न कारण काम गर्न नपाउँदा परीवारको जिविका चलाउन समस्या हुने गरेको सम्बन्धितले सोच्ने नगरेको श्रमिकहरुको गुनासोहरु प्रशस्त रहेका छन । बिभीन्न दिवसको नाममा कर्मचारीहरु घुमघाम सँगै रमाइलोमा रमाउँने गरेका हुन्छन् । आफ्नो ज्यानको बाजी राखेर काम गर्ने श्रमिकहरुलाइ दिबशको नाममा सेवा लिने दिन कहिले आउला ? श्रमिकहरुको लागी संबिधान ऐन कानुन बनेपनी कार्यन्वयन नहुँदा ऐन अनुसार ज्याला पाएका छैनन् । श्रमिकको हितमा कहिले राज्यको ध्यान जान आबश्यक रहेको छ ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

राष्ट्रपति रनिङ शिल्ड लालीगुराँस नगरपालिकाको पोल्टामा

जेष्ठ नागरिकलाई घरैमा उपचार, गाउँपालिका साथी लौरो उपहार

श्रमिक भन्छन् “दिवसले पेट भरिन्दैन”

बसाईसरी आउने नागरिकले पाए इनाम

भुकम्प पिडीत अझै छाप्राकै बास

चरन अभाबले भेडापालन संटकमा

तेह्रथुम जिल्लामा नगरबस सञ्चालन

तपाईको प्रतिक्रिया

Loading…