धरानमा प्रदेश स्तरीय महिला बास्केटबल प्रतियोगिता हुने

धरान / विगतदेखि नै बास्केट बल खेलको विकासमा लागि परेको धरान बास्केटबल संघले पहिलो पटक प्रदेश स्तरीय महिला बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । वैसाख २३ गतदेखि सञ्चालन हुने प्रतियोगितााम प्रदेश नं. १ मा रहेका विभिन्न विद्यालयका छात्राहरुले प्रतियोगितमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

पुरुष र महिला दुवैको बास्केटखेलमा विकास गर्ने उद्देश्य अनुरुप आयोजना हुने प्रतियोगितामा विद्यालय, कलेज र क्लबले भाग लिन पाउने आयोजन समितिका सचिव विकास चाम्लिङले बताउनुभयो । प्रतियोगितामा विजेता हुने टिमले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद ५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने पूर्वाञ्चल बास्केटबल प्रशिक्षक समेत रहेका चाम्लिङ्गले बताउनुभयो ।

प्रदेश नं. १ का १० टिमले सहभागिता जनाउने सो प्रतियोगितामा उत्कृष्ट खेलाडी र उदयीमान खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिताको लागि १ लाख ३५ हजार अनुमानित बजेट समेत संघले सार्वजनिक गरेको हो । यस्तै विद्यालय स्तरदेखि नै बास्केटबल खेलको विकासमा लागेको धरान बास्केटबल संघले यस पटक पनि ट्यालेन्ट हन्ट बास्केटबल ट्रेनिङ्ग क्याम्प सञ्चालनमा ल्याउने भएको छ । विशेष गरी एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी वैसाख २१ गतेदेखि एक महिनासम्म गरिने क्याम्पमा विभिन्न विद्यालयका छात्र तथा छात्रा गरी ५० जना रहने ट्यालेन्ट हन्ट बास्केटबल ट्रेनिङ्ग क्याम्पपमा संयोजक विकास राईले बताउनुभयो ।

२०६८ सालदेखि लगातार रुपमा सञ्चालन गर्दै आएको ट्यालेन्ट टे«निङ्गसँगै गर्मी महिनाको विदाको समयमा समेत यस्तै खालका ट्रेनिङको आयोजना गर्दै आइरहेको छ । बास्केटबलको गतिविधिलाई बढाएसंगै उत्कृष्ट खेलाडीहरुलाई धरानका नीजि विद्यालयमा छात्रवृत्तिमा समेत अध्ययन गर्दै राष्ट्रिय बास्केट बल प्रतियोगितामा योगदान दिदै आइरहेका छन् ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…