पथरी घटनामा नयाँ टवीस्ट, अतिरञ्जित गर्ने युटयुबर र मिडियाको बन्यो लिष्ट

पथरी । मोरङ पथरीशनिश्चरे १ मा गत शनिबार भएको घटनामा प्रहरीले नयाँ टवीष्ट सार्बजनिक गरेको छ । घटना भएको रातको सिसि क्यामेरा फुटेजमा देखिएका ब्यत्ति र केही शंकास्पद ब्यत्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

अहिलेसम्मको अनुसन्धानमा नग्न अबस्थामा मृत भेटिएकी रिना बस्नेत (रुपा) को बलात्कार नभएको प्रहरीले बताएको छ भने क्यामेरामा देखिएको माक्स लगाएको ब्यत्तिले शव बोकेको नभई उनी तरकारी पसले रहेको र उनले तरकारी बोकेको पाईएको प्रहरीले जनाएको छ । स्थनीयले ती ब्यत्तिलाई समेत शंकास्पद भनी अनुसन्धान गर्न माग गरेपछि प्रहरीले ती ब्यत्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । यसअघि स्थानीयले उनको बलात्कार पछि हत्या भएको शंका गर्दै आएका थिए ।

घटनाको गम्भिर अनुसन्धान गरिरहेको प्रहरीले रिनाका प्रेमी भनिएका कमल नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनको मोबाईलमा कुनै त्यस्ता आपत्तिजनक कुराकानी र भिडियोहरु फेला नपरेको प्रहरी दाबी छ । प्रहरीले नेपालकी श्रीमती र उनका केही आफन्त सँग समेत सोधपुछ अघि बढाएको छ भने घटनामा शंकाको घेरामा समेत राखेको छ । केही दिनमा सबै कुरा सार्बजनिक हुने प्रहरीले जनाएको छ ।

घटना अतिरञ्जित गर्नेको लिष्ट

सोही घटनालाई लिएर सामाजिक सञ्जाल लगायत युटयुबमा घटनालाई अतिरञ्जित गर्नेलाई समेत कारबाहीको दायरामा ल्याउने प्रक्रिया शुरु गरेको छ । सोही घटनालाई अतिरञ्जित गर्न तल्लीन बिना दर्ताका केही मिडिया र युटयुबरहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । घटना हुनेबित्तिकै काठमाण्डौबाट आएर हुँदै नभएको कुरा र पत्रकारिताको आचारसहिंता बिरुद्ध बालकको भिडियो अन्तरबार्ता गर्ने युटयुब मिडियाहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

मृतकका १३ बर्षिया छोरालाई घटना बकाउने र युटयुबमा पत्रकारिताको आचारसंहिता बिरुद्ध सार्बजनिक गर्नेलाई प्रहरीले कारबाही गर्ने बताएको छ । बिना दर्तामा मिडियाहरुले घटनालाई थप अतिरञ्जित गर्न, त्यस्तै शिर्षक र अरुका समाचार हुबहु प्रकाशन र प्रसारण गर्नेलाई समेत प्रहरीले कारबाही गर्ने जनाएको छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…