डिभिलियर्स–स्टोनोइसको विष्फोटक ब्याटिंग, पञ्जावलाई २०३ रनको लक्ष्य

काठमाडौं । भारतमा जारी इण्डियन प्रीमियर लीग (आईपीएल)को सोमबारको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले ४ विकेटमा २०२ रन बनाएको छ । बेंगलुरुका एबि डिभिलियर्स र माकोर्स स्टोनोइसले विष्फोटक ब्याटिंग गरे । यी दुईले ११ ओभरमा नटआउट १२१ रनको साझेदारी गरे । यी दुईले अन्तिम पाँच ओभरमा १६ को रनरेटमा २० रन जोडेपछि पञ्जावले विशाल लक्ष्य पाएको हो ।

डिभिलियर्सले ४४ बलमा ८२ रन बनाए र नटआउट खेलेका उनले सो क्रममा ७ छक्का र ३ चौका प्रहार गरे । स्टोनोइसले ३४ बलमा नटआउट ४६ रन बनाउनेक्रममा ३ छक्का र २ चौका प्रहार गरे । बेंगलुरुका लागि ओपनर पार्थीव पटेलले पनि २४ बलमा ४३ रनको आकर्षक इनिंग खेलेका थिए । पावर प्लेमा एक विकेट गुमाएर ७० रन जोडेको बेंगलुरुले थप ६ रन बनाउँदा थप तीन विकेट गुमाएपछि मध्यक्रममा रनरेट स्लो भएको थियो । तर, अन्तिम दुई ओभरमा डिभिलियर्स र स्टोनोइसले ५० रन जोडेका थिए ।

पञ्जावका लागि फास्टबलरले निकै रन लुटाए । मोहम्मद शामीले ४ ओभरमा ५३ रन दिएर एक विकेट लिए भने अर्का फास्ट बलर हार्डुस भिल्जेनले ४ ओभरमा ५१ रन दिएर १ विकेट लिए । यस्तै अंकित राजपुतले ४ ओभरमा ४६ रन दिए । स्पीनर भने किफाइती रहे । कप्तान आर आश्वीनले ४ ओभरमा १५ रनमात्र दिए । केही समयपछि पञ्जाव जवाफी ब्याटिंगका लागि मैदानमा आउनेछ । पञ्जावको ब्याटिंग क्रिस गेलमाथि निर्भर गर्नेछ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…