भुइँचालोले ल्याएको सवृद्धि

दोलखा /  बैशाख भुइचालो गएको वैशाख १२ गते चार वर्ष पुगेर पाँच वर्ष लाग्यो । यी तीनवर्ष दुख, कष्ट, इश्र्या, क्षति, मृत्यु, पीडा, आँशु, बेरोजगारी, रोग, भुकमरी, मानसिक विचलन, अनिकाल, त्रास, वेदना, परीक्षा, अभाव जस्ता दुख–पीडाका शब्दहरु अत्यधीक प्रयोग भैरहे । तर साहस, सहयोग, नवनिर्माण, उपचार, रक्तदान, औषधोपचार, मर्मत, रोजगारी, वितरण, साहस, मानवीयता, मापदण्ड, युवा परिचालन जस्ता सकारात्मक शब्दहरु पनि खुबै सुनिए ।

तीन वर्षमा राज्य आफैंले सस्ता र वतासे नाराहरु खुबै बेच्न खोज्यो । राज्य स्वयम् उधारो राहतमा अगाडि देखिएको बेला दल र व्यक्तिहरुले गरेका आश्वासनवारे चर्चा गर्नु नै बेकार भएकोले यहाँ त्यसलाई उठान गरिएको छैन । रक्सी वा कोकाकोला, पेप्सी लगायतका फाल्तु बोतलको प्रयोग पनि घर बनाउने प्रविधिमा उपयोगमा आयो र दिनपरदिन बिकास भैरहेको छ । यो सबैलाई आशावादी बनाउने मात्र होइन अनुकरणीय प्रयोग पनि हो ।

त्यसैले गएका तीन वर्ष धेरैले प्रशासकीय र व्यवस्थापकीय अक्षमतालाई होइन, भुइचालोलाई सराप्दै बितायौं ! तर आज यो आलेख भुइचालोलाई धन्यवाद दिएर शुरु गर्ने प्रयास गरिएको छ । के साँच्चै भुइचालोलाई नवनेपाल निर्माणको आधार मानेर अगाडि बढ्न सकिएला ? के भुकम्प साँच्चै नयाँ नेपाल निर्माणको अवसर बनेर आएको थियो ? यसो भनिरहँदा भुइचालोप्रति न्याय हुन्छ कि भुकम्प पिडितमाथि उपरी–थुपरी मात्र हुन्छ ?

अहिलेसम्म भुइचालो मानवजातीले भविष्यवाणी गर्न नसकेको विषय नै मानिन्छ । तर भुकम्प गइहाल्यो भने पीडितहरुको उद्धार, उनीहरुलाई राहत र उपचार कसरी गर्ने भन्ने विषयमा धेरै कामहरु भएका छन् । बहुचर्चित भनाइ नै छ–जो जीवनमा लड्दैन, त्यो मानिस उठ्न पनि जान्दैन ! जो बारबार लड्छ, उ उठ्न पनि जान्दछ !
भुइचालो गएको तीनवर्षपछि के ढुक्क बनेर भन्न सकिन्छ भने, ठूलो भुइचालो गएर अत्यधीक पीडित बने पनि हामी नेपालीहरुले उठ्न जान्यौं । यद्यपि, गल्ती पनि त्यत्तिकै गरेका छौं । गल्तीले हामीलाई धेरैथोक सिकाएको छ । सबैभन्दा पहिला हामीले जानेको कुरा दुखमा पनि कसरी बाँच्ने भन्ने नै हो । राष्ट्र नै शोकमा डुबेका बेला कसरी आफूलाई सम्हाल्ने र छिमेकीलाई आश्वस्त पार्ने भन्ने राम्रैसंग सिक्यौं अनि सिकायौं ।

दोहोर्याइरहन पर्दैन, भुइचालोेले केही क्षति पुर्याउदैन । क्षति मानिस आफ्नै कारणले पुग्छ । ब्यक्तिले गरेका कर्महरुकै कारण मानिसले कठोर दुख भोग्नु र सहनु पर्ने अवस्था उत्पन्न हुने रहेछ । भुइचालोले थिचेर न कोही घाइते भयो नत कसैले जीवन उत्सर्ग नै गर्नुपर्यो । जस्ले दुखको सामना गर्नु पर्यो, त्यो अपरिपक्व मानव सिर्जनाले गर्दा अनाहकमा झेल्नु परेको हो । आफैंले खर्च गरेर थुपारेर राखेका सामानले किचिएकाले धेरैले जीवन नै उत्सर्ग गर्नुपर्यो ।

एकजुट भएर काम गरेन भने, सरकारको मुख मात्र ताकेर बसियो भने केही नहुने रहेछ । सरकारको आश गरेर भौंतारिइरहनु भन्दा जस्ले आफ्नै सशक्ततामा आफूलाई सक्रिय बनायो उस्ले कम निराश हुनुपरेको पाइयो । सरकार गतिशील हुन सकेन र नेताहरुको चालचुल देखिएन भनेर हात बाँधेर राहतको आशमा नहुनेहरु भुकम्पको पीडाबाट छिटो बौरिएको देखियो । उनीहरुले आफैंले आफ्नो उद्धार गरे, छिमेकीलाई मद्धत पनि गर्नसके ।

भुइचालो जाने वित्तिकै कोही जुर्मुरायो भने भुत्ते भनेर आरोपित युवाहरु नै जीवन माया मारेर जुर्मुराए । तराई, हिमाल, पहाड , उपत्यकाका जात, धर्म, बिचार, आर्थिक अवस्थाको विभाजनका परंपरागत विभेदलाई विर्सेर भुकम्प पीडितहरुलाई सघाउने जुन सशक्तता देखियो यसले अप्ठेरो पर्दा विभाजनको सिमाना नाघेर सबै नेपाली एक भएको पाइयो । यही एकताले भारतले लादेको ज्यानमारा नाकाबन्दीको पनि डटेर सामना गर्ने सामथ्र्य बढायो ।

भुकम्पपछि नयाँ बन्ने संरचना भुकम्प प्रतिरोधी हुनुपर्छ भन्ने व्यापक आवाज उठ्यो । अहिले त्यो भनाइमै परिवर्तन आएको छ । भुकम्पको प्रतिरोध गर्ने शक्ति कोसंग छ ? कसैसंग छैन । त्यसैले प्रतिरोध शब्दको सट्टा भुकम्प मैत्री निर्माण गर्नुपर्छ भन्ने थालनी भएको छ । यो स्तरको चेतनाको जागरण आमजनमा भुकम्पले गरायो । यो लरतरो शिक्षा होइन । भुइचालोलाई साधुवाद !

उद्धारमा युवाहरुको सहभागीता नेपाली समाजको आशा र भरपर्दो शक्तिका रुपमा देखापर्यो । त्यसैगरी घर परिवारमा सिमित भनिएका महिलाहरुको सशक्तता उदाहरणीय रह्यो । भुकम्पको पहिलो क्षणदेखि नै महिलाहरु कल्पना नै नगरिएको रफ्तारमा जागे । उनीहरुले घाइतेहरुको उद्धार मात्र होइन, आफ्नो जीवनको समेत पर्वाह नगरेर उपचार, खानपान, आवासमा अतुलनीय काम गरे । निरासहरुमा आशाको संचार गराउन उनीहरुमा अपूर्व शक्ति रहेको प्रमाणीत नै भयो ।

यसको ज्वलन्त उदाहरण वैशाख १२ मा भुकम्प गैसकेपछि र त्यसपछि गएका हजारौं पराकम्प गैरहँदा पनि धुलिखेल अस्पताल, बीर अस्पताल, टिचिंग अस्पताल महाराजगंजमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुको क्रियाशीलता, लगन र समर्पण भावको सेवा अतुलनीय रहेको देखियो । यसले विपत्तिमा हाम्रा स्वास्थ्यकर्मी महिलाहरुको धैर्यता साहस र सेवा कुनहदसम्म प्राप्त हुन सक्दो रहेछ भन्ने जगजाहेर भयो ।

नेपाली स्वास्थ्यकर्मी महिलाहरुकोबारेमा एक बेलायती चिकित्सकले त्यतीबेला गरेको टिप्पणी मननयोग्य छ, नेपाली महिला स्वास्थ्यकर्मीहरु आपतको बखत मानवीयताको उत्कृष्ट सेवादिन सक्षम रहेछन् । यसले के पनि देखायो भने, नेपाली महिला स्वास्थ्यकर्मी नेपालमा मात्र होइन संसारभर सेवाप्रतिको समर्पण र उत्कृष्टता सदैब प्रदर्शन गर्नसक्दारहेछन् भन्ने प्रमाणीत नै भयो । भुकम्पपछिको पुननिर्माणमा समेत महिला–युवाहरुको सहभागिता मात्र होइन, निर्माणको काममा पनि उनीहरु अब्बल डकर्मी, सिकर्मी र नेतृत्वकर्ता बनेर निस्किएर देखाए ।

पीडितहरुलाई राहत वितरण र सहयोगमा जनसहभागीता लोभलाग्दो रहेको थियो । धुलिखेल अस्पतालका एक डाक्टरले भने, भुकम्पमा सबैभन्दा बढी क्षति भएको भनिएका सिन्धुपाल्चोक, दोलखा, काभ्रे, सिन्धुलीका हजारौं मानिस अस्पतालमा ल्याइए । अस्पतालका वार्ड र बेडले के धान्न सक्थे । आँगन र खुलाठाँउ जताततै घाइतेहरुलाई राखेर उपचार गर्न थालियो । डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरु आफ्नो घरमा पुगेको क्षति र अप्ठेरोसम्मलाई महत्व नदिएर उपचारमा जुटे । काठमाण्डौं विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजुले अस्पतालमा रहेका औषधी र सामाग्रीहरुको भण्डार दुखको क्षणमा पनि नखोल्ने हो भने त्यसको के मतलब भनेर खाना, औषधी र उपचारमा सेवाको महानता देखाए ।

यसले के पनि देखायो भने, नेपाली महिला स्वास्थ्यकर्मी नेपालमा मात्र होइन संसारभर सेवाप्रतिको समर्पण र उत्कृष्टता सदैब प्रदर्शन गर्नसक्दारहेछन् भन्ने प्रमाणीत नै भयो । परेको बेलामा युद्धस्तरमा काम गर्न नेपालीहरु विश्वमै उदाहरणीय रहेछन् भन्ने प्रदर्शन भयो । सर्वसाधारण यसरी परिचालित हुन्छन् भन्ने अनुमान कहीं कतै कसैमा पनि थिएनन् । यसरी भुइचालो प्रत्येकको परीक्षा बनेर प्रस्तुत भयो र जुनसुकै उमेर समूहका व्यक्ति पनि कठोर परीक्षामा पनि खरो बनेर उत्रिए । भुकम्पपछिको पुननिर्माणले भत्किएर माटो–ढुंगाको थुप्रो बनेका संरचना पहिले भन्दा अब्बल बनाउनु पर्छ भन्ने जागरणले जरा हालेको छ । कताकताबाट जुटेको सहयोगले बनेका स्कूलहरु नमूना बनिरहेछन् ।

भुइचालो गएपछि अमेरिकाबाट स्वयम्सेवी बनेर सिन्धुपाल्चोकको मेलम्चीमा बसेर दुइवर्ष काम गरें, ऋचा न्यौपानेले भनिन्–यो भेगका स्कूलहरु यस्ता राम्रा र आधुनिक सुविधायुक्त बनेका छन्, म त छक्कै परेकी छु । स्कूलहरुको स्वरुप नै परिवर्तन भएको छ, हुँदैछ । यस्ता आधुनिक र सुविधा सम्पन्न स्कूलहरु यहाँ बन्लान् भनेर मैले कल्पना पनि गरेकी थिइन । भुइचालोपछि संसारभरबाट अनेक खालका सहयोगी हातहरु जुर्मुराए । कतिपय विदेशीले नेपाल आएरै सहयोग गरे भने कतिपयले आफूसक्दो राहत सामाग्री र सहयोग पठाए । प्रविधिकहरु पनि आए । आधारभूत सहयोग गरेर आमनेपालीको क्षमता अभिबृद्धि गरे ।

भुकम्पपछि नयाँ बन्ने संरचना भुकम्प प्रतिरोधी हुनुपर्छ भन्ने व्यापक आवाज उठ्यो । अहिले त्यो भनाइमै परिवर्तन आएको छ । भुकम्पको प्रतिरोध गर्ने शक्ति कोसंग छ ? कसैसंग छैन । त्यसैले प्रतिरोध शब्दको सट्टा भुकम्प मैत्री निर्माण गर्नुपर्छ भन्ने थालनी भएको छ । यो स्तरको चेतनाको जागरण आमजनमा भुकम्पले गरायो । यो लरतरो शिक्षा होइन । भुइचालोलाई साधुवाद !

भुकम्पको क्षतिपछि बनेका घरहरु भुकम्प मैत्री मात्र छैनन् आधुनिक सुविधा सम्पन्न पनि हुँदैछन् । प्राय घरहरु आधुनिक प्रविधिबाट बनेका मात्र छैनन्, अत्याधुनिक सामाग्रीबाट पनि बनेकाले ती मजबुत पनि उत्तिकै छन् । यसले गर्दा भवन बनाउँदाको मापदण्ड नै आमरुपमा फेरिएको छ । जहाँ जे जस्तो पनि बनाए भैहाल्छ नि भन्ने मानसिकतामै परिवर्तन देखिदैछ ।

परंपरागत विभेदलाई विर्सेर भुकम्प पीडितहरुलाई सघाउने जुन सशक्तता देखियो यसले अप्ठेरो पर्दा विभाजनको सिमाना नाघेर सबै नेपाली एक भएको पाइयो । यही एकताले भारतले लादेको ज्यानमारा नाकाबन्दीको पनि डटेर सामना गर्ने सामथ्र्य बढायो ।

प्रिफ्याव भवनहरु बनेका छन् । नमुना वस्ती बन्दैछन् । निजी घरहरु बने र बन्दै छन् । तर सन्तुष्टी लाग्ने कुरा के भने प्रत्येक घरमा ‘ट्वाइलेट’ बन्दैछन् । ‘किचन’ बन्दैछन् । बैठक कोठा बन्दैछन् । ढिला नै सही मापदण्ड पुगेका घरहरु बनिरहेका छन् । भुकम्प पीडितले घर बनाउन पाउने सुविधा प्राप्त गर्न सरकारी मापदण्ड पूरा गर्नैपर्ने जुन नियमको पालनामा कडाइ अपनाइयो । ढिलै भए पनि त्यसले नियम पालना र बन्दै गरेका घरहरुको गुणस्तरको पनि माग गरिरहेको छ ।

भुइचालो गएपछि लोकल प्रविधि र सिपबाट बनेका अधिकांश घरहरु भत्किने जुन भविष्यवाणी गरिएको थियो, त्यो सत्यसावित हुन पाएन । राजधानी उपत्यकामा मात्र डेढ लाख मानिसको मृत्यु हुन सक्ने, भवनहरु समाप्तै हुने विदेशी विषयविदहरुको भविष्यवाणी गलत सावित भयो । उनीहरुको विशेषज्ञता पर्दाफास पनि भयो । उनीहरुले भनेभन्दा थोरै धनजनको क्षतिले लोकल प्रविधि बलियो मात्र होइन, इन्जिनियरिंगका हिसावले मौलिक क्षमतायुक्त र भुइचालो मैत्री रहेछ भन्ने साबित पनि भएको छ ।

भुइचालोको अर्को सकारात्मक सन्देश के भने, भुकम्पपछि अप्ठेरो परेको बेला मद्धत गर्ने र नगर्नेहरु छर्लंगै छुट्टिए । एकले अर्कालाई चिने । आपत्कालमा को सहयोगी हुनेरहेछ भन्ने जाने । भूकम्पले गरेको विशेष सामाजिकीकरण के भने ठूला घरमा बसेर सर्वसाधारण छिमेकीबाट आफूलाई पृथक संझनेहरुलाई पनि भुकम्पले एउटै पालमूनी थचारेर दुखका सहयात्री बनाइदियो । भुइचालो नगएको भए एउटै सतहमा यी दुबै वर्ग किमार्थ रहने थिएनन् ।

‘इन्नोभेटिभ आइडिया’ अर्थात मौलिक सोच, बिचार र प्रयोग भुइचालोपछि व्यापक रुपमा प्रयोगमा आएको छ । इट्टा र सिमेन्टका घर मात्र होइन, ढुंगा, माटो, काठपात वा बाँस वा अन्य स्थानीय सामाग्रीबाट पनि आकर्षक भवन बन्न सक्छन् भन्ने अनेक उदाहरण भुइचालोपछिको पुननिर्माणमा देखिएको छ । रक्सी वा कोकाकोला, पेप्सी लगायतका फाल्तु बोतलको प्रयोग पनि घर बनाउने प्रविधिमा उपयोगमा आयो र दिनपरदिन बिकास भैरहेको छ । यो सबैलाई आशावादी बनाउने मात्र होइन अनुकरणीय प्रयोग पनि हो ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…