बसाईसरी आउने नागरिकले पाए इनाम

तेह्रथुम  / बसाई सराईलाई रोक्ने नितीका साथ छथर गाउँपालिकाले बसाई सरी आउने नागरिकलाई ब्याबशायिक अनुदान दिन थालेको छ । जिल्लाको छथर सुक्रबारे बजार एक कार्यक्रमका बिच धर्मदेबी नगरपालिका संखुवासभाबाट छथर १ मा बसाई सरी आएका दाछिरी सेर्पालाई कानुन मन्त्री भानुभक्त ढकालले शुक्रवार व्यवसायिक अनुदान रकम हस्तान्तरण गरेका छन ।

शेर्पालाई पहिलो किस्ता वापत ४० हजार ब्याबशाय सञ्चालनको लागी रकम हस्तान्तरण गरीएको छ । गाउँपालिकामा बसाई सरी आउने ११ घरलाई ब्याबशायिक अनुदान दिईने भएको छ । बसाई सराईले गाउँ रित्तिन थालेपछि छथर गाउँपालिकाले बसाई सरी आउनेलाई व्यवसायिक योजनाको आधारमा १ लाखदेखी ५ लाख रुपैंया सम्म दिने नीति पास गरेको थियो । गाउँपालिकामा पुर्वका विभिन्न जिल्लाबाट १८ परिवार छथरमा बसाई सरी आएको प्रबक्ता राजन नेपालीले बताए  । ब्याबशाय सञ्चालनका लागी गाउँपालिकाले अनुदान दिने भएपछी पुर्बका बिभीन्न जिल्लाहरुबाट बसाई सरी आउने क्रम सुरु भएको छ । बसाई आएकाहरूलाई अनुदान रकम हस्तान्तरण गर्दै कानुन मन्त्री ढकालले छथर गाउँपालिकाले चलाएको यस्तो अभियानका कारण अन्यत्रबाट बसाइ सरेर आउने मात्र नभई स्वरोजगार बन्न समेत उप्रेरित गरेको बताए ।

्खानेपानी तथा जंगली जनावारका हैरानीले बर्षेनी यहाँका नागरिकहरु सुरक्षित बासको खोजीमा तराईका बिभीन्न स्थानहरुमा बसाई जाने क्रम बढ्दो भई रहँदा गाउँपालिकाको यो अभीयानले थोर बहुत भएपनी रोक्ने प्रयास भएको छ । अनुदान यही आएर व्यवसाय गर्ने नागरिकहरुलाई मात्र दिने गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले बताए । बसाई सरी आउनेले नागरिकहरुले बसाई सरी आएको प्रमाण पत्रको साथमा व्यसायिक योजना पनि साथैमा लिएर आउनु पर्ने लिम्बुले बताए । गाउँपालिका भित्रका बसाई आउने जोकोहीले सुविधा पाउने भएका छन । बसाई आएका नागरिकहरुले आफुले गर्ने ब्याबशायको साथमा योजना निमार्ण गरेपछी मात्रै अनुदान भने पाउनेछन ।

१६ हजार ७ सय १५ जनसंख्या रहेको छथर गाउँपालिकामा आगामी ५ वर्ष भित्रमा जनसंख्या वढाएर २५ हजार र्पुयाउने लक्ष्य रहेको छ । जनसंख्या घट्नुका कारण विकास र समृद्धिमा नै समस्या हुन थालेपछि यस्तो नीति लिएको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७५र७६ को नीति तथा कार्यक्रममा गाउँसभाले पास गर्दै समाबेश गरेको छ  । पहिलो बर्ष १० लाख रुपैंया बजेट छुट्याईएको छ । बसाई सरी आउनेको संख्या वढे यो रकममा पनि थप गरीने गाउँपालिकाले जनाएको छ । तत्कालिन ६ वटा गाउँ बिकास समितीहरु सुदाप, ओख्र्रे, फाक्चामारा, पञ्चकन्या, हमरजुङ र आङदिमलाई मिलाएर छथर गाउँपालिका बनाइएको हो ।

जिल्लाको पश्चिमी क्षेत्रमा रहेको यो गाउँपालिकाको तमोर नदीले छोएका गाउँहरु ँखानेपानीको चरम अभाबका कारण बसाई सराईले रित्तीन थालेका छन । बाँच्नैका लागी भएपनी खानेपानीको खोजी गर्दै बसाई सर्नेहरुको लर्काे अझै हटेको छैन । गाउँपालिकाकाले यहाँको नागरिहरुको समस्यालाई दिर्गकालिन रुपमा समाधानको बाटो रोज्दै डिपबोरीङ प्रबिधीबाट खानेपानी बितरण सुरु गरेको छ । त्यस्तै यहाँका गाउँहरुमा खानेपानी आयोजनाहरुलाई ब्याबश्थीत रुपमा बिकास गर्न रकम बिनीयोजन गरेको छ । गाउँ गाउँमा सडक निमार्ण भन्दा पनी जिउनको लागी पानी चाहिने नागरिहरुले बताउँदै आएका छन ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

राष्ट्रपति रनिङ शिल्ड लालीगुराँस नगरपालिकाको पोल्टामा

जेष्ठ नागरिकलाई घरैमा उपचार, गाउँपालिका साथी लौरो उपहार

श्रमिक भन्छन् “दिवसले पेट भरिन्दैन”

बसाईसरी आउने नागरिकले पाए इनाम

भुकम्प पिडीत अझै छाप्राकै बास

चरन अभाबले भेडापालन संटकमा

तपाईको प्रतिक्रिया

Loading…