प्रधानमन्त्री ओली शास्वतधाममा

कावासोती / प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवलपरासी पूर्वनवलपुरमा रहेको शास्वतधामको भ्रमण गर्नुभएको छ । आज नवलपुरको सदरमुकाम कावासोतीमा एकीकृत कार्यालय निर्माणस्थलको शिलान्यासपछि शाश्वतधाम पुग्नुभएका प्रधानमन्त्री ओलीले पूजा अर्चनासमेत गर्नुभएको छ । शाश्वतधाममा रहेको एकाम्बरेश्वर मन्दिरमा उहाँले पूजा, अर्चना गर्नुभएको हो ।

प्रधामन्त्री ओलीले शाश्वतधाममा रहेको धार्मिक सङ्ग्रहालयकोसमेत अवलोकन गर्नुभएको थियो । अवलोकनपश्चात उहाँ धार्मिक, पर्यटनको विकासमा शाश्वतधामले टेवा पु¥याएको भन्दै चौधरी फाउण्डेसनको प्रशंसा गर्नुभयो । सोही अवसरमा प्रधामन्त्री ओलीले चौधरी फाउण्डेशनद्वारा सञ्चालित कृत्रिम हातखुट्टा जडान स्थानीय केन्द्रको उद्घाटन गर्नुभयो । विभिन्न कारणले हातखुट्टा गुमाएका व्यक्तिलाई निःशुल्क कृत्रिम हातखुट्टा जडान गर्दै आएको केन्द्रको स्थायी केन्द्र प्रधामन्त्री ओलीले उद्घाटन गर्नुभएको हो ।

केही समयअघि केन्द्रले काठमाडाँैको नर्भिक अस्पताल र गैँडाकोटको सहज सामुदायिक अस्पतालमा निःशुल्क शिविरको आयोजना गरी करीब ५०० जनालाई कृत्रिम हातखुट्टा जडान गरेको थियो । प्रधामन्त्रीले कृत्रिम हातखुट्टा प्रदान गर्ने जस्तो पवित्र काम गरेकामा धन्यवाद दिँदै कृत्रिम हातखुट्टा पाएकालाई बधाई दिनुभएको थियो । विभिन्न कारणले हातखुट्टा गुमाएका एक लाखभन्दा बढी व्यक्ति नेपालमा रहेको र उनीहरुलाई निःशुल्क हातखुट्टा जडान गर्ने योजना रहेको फाउन्डेशनका अध्यक्ष विनोद चौधरीले बताउनुभयो ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…