रिना हत्या प्रकरण : पोस्टमार्टमका लागि लगियाे वी.पी. प्रतिष्ठान, घटना शंकास्पद भएको भन्दै परिवार बन्याे आक्रोशित (भिडियाे तथा तस्विरहरू)

माेरङ / पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेतको शुक्रबार राति भएको हत्या पश्चात नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी बस्नेतको शव पोस्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे छ । बस्नेतका आफन्त तेह्थुमबाट आईनपुगे सम्म शव नउठाउने दवाबका बिच बस्नेतको शव पोस्टमार्टमका लागि वी.पी. प्रतिष्ठान लगिएकाे हाे ।

पथरीमा आयोजित कन्सर्टलाई मध्यरात सम्म सञ्चालन हुन् दिनु पनि हत्याको प्रमुख कारण भएको स्थानीय बताउँछन । प्रशासनले कुनैपनि कार्यक्रम गर्न बेलुका ७ देखि ८ बजेसम्म मात्र समय दिने भएपनि सो कन्सर्टका लागी पथरी प्रहरीले मध्यरात सम्म सञ्चालन गर्न दिएको थियो । मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन ।

शुक्रबार दिनभर तनावमा मृतक रिना

मृतकका छोराका अनुसार शुक्रबार दिउँसो आमा पुरै तनाबमा थिईन । उनको मोबाईलमा बारम्बार फोन आईरहेको थियो । उनी निक्कै हतास थिईन । दिउँसो एक आफन्तको जन्मदिनमा सहभागी भएर आएका आमाछोरा बेलुका कन्सर्टमा जाने तयारीमा भएपनि आमा पुरै तनावमा देखिएको र आत्तिएको जस्तो लागेको उनका छोराले बताएका छन ।

यस बिषयमा पथरी प्रहरीले कुनै प्रतिक्रिया दिन मानेको छैन । बिच बजारमा नग्न अबस्थामा हत्या हुँदा समेत प्रहरीले सुँईको नपाउनु र दिनभर मृतकको फोन आउनुले घटना थप शंकास्पद बनाएको छ । केही महिना यता बारम्बार पथरीमा घटनाहरु भईरहेका छन । पथरी प्रहरी यस बिषयमा निकम्मा बनेको स्थानीयको आरोप छ । महिनादिनअघि सिक्का बारमा भएको हत्या,जंगलमा भेटिएको शव लगायतका आधा दर्जन बढी घटनामा प्रहरी निकम्मा देखिएको छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…