विराट कोहलीको विष्फोटक ब्याटिंग, कोलाकातालाई २१४ रनको लक्ष्य

काठमाडौं । कोलाकताको इडेन गार्डेनमा रोयल च्यालेन्जर्स बेंगलुरुका कप्तान विराट कोहलीले विष्फोटक ब्याटिंग गरेपछि कोलाकाता नाइट राइडर्सले २१४ रनको लक्ष्य पाएको छ । बेंगलुरुले ४ विकेमा २१३ रन बनायो । विराटले १०० रन बनाए । उनले सो क्रममा ४ छक्का र ९ चौका प्रहार गरे । कोहली इनिंगको अन्तिम बलमा आउट भएका थिए ।

आईपीएलको जारी सिजनमा लगातार खराब प्रदर्शन गरेको बेंगलुरुका लागि कप्तान विराटसहित मोइन अलीले पनि तुफानी इनिंग्स खेले । उनले २८ बलमा ६६ रनको विष्फोटक ब्याटिंग गरे । सो क्रममा अलीले ६ छक्का र ५ चौका प्रहार गरेका थिए । टस हारेपछि ब्याटिंगको निम्तो पाएको बेंगलरुका लागि ओपनिंग जोडीले खासै राम्रो शुरुआत दिलाउन नसके पनि मोइन अली र विराट कोहलीले मध्यक्रममा उत्कृष्ट ब्याटिंग गरेका थिए । बेंगलुरुले ८ खेलमा एकमात्र जित हात पारेको छ भने कोलकाताले ८ खेलमा ४ जित हात पारेको छ । विशाल लक्ष्य पाएको कोलकताले केही समयपछि ब्याटिंग गर्नेछ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…