उदयपुरमा ट्याक्टरको ठक्करबाट एक गम्भिर ( ६ तस्विरहरू सहित)

उदयपुर / उदयपुरमा ट्याक्टरको ठक्करबाट एक युवा गम्भिर घाइते भएका छन् । त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडामा लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा कालिदास भण्डारी गम्भिर घाइते भएका छन् । गाईघाटबाट चुहाडे तफै गई रहेको लु.३ च ४४४९ नम्बरको ट्याक्टरले सोही दिशा तफै गई रहेको अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आईरहेको भण्डारी सवार लु ४९ प ४०७४ नम्बरको मोटर साइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए ।

ट्याक्टरको ठक्करबाट भण्डारी गम्भिर घाइते भएको र उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) चन्द्रदेव राईले जानकारी दिए । चालक रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं. ८ अडेसका वर्ष २२ को धनबहादुर मगर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।

गम्भिर घाइते भण्डारी भूतपूर्व नेपाल सशस्त्र प्रहरीका हबलदार हुन् । उनले केही समय अगाडी मात्रै अवकाश लिएका थिए । अहिलेसम्म उदयपुर ट्याक्टर दुर्घटनामा परी १० जनाको ज्यान गई सकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…