चुवानी प्रतिबद्धता पुरा गर्नेछौ कानुन तथा न्याय मन्त्री भानुभक्त ढकाल

तेह्रथुम / चुनाबी दौरानको क्रममा नागरिक सँगै गरेको प्रतिबद्धता पुरा गर्ने कानुन तथा न्याय संसदिय मामिला मन्त्री भानुभक्त ढकालले बताएका छन । जिल्लाको छथर सुक्रबारे बजारमा आर्थीक रुपमा बिपन्न परिवारलाई जस्तापाता,कालोतार,मिटर बक्स,तथा बसाई सरी आउनेलाई अनुदान सहयोग प्रदान कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री ढकालले यस्तो बताएका हुन । समुद्ध नेपालका बनाउका लागी कानुन परिमार्जन तथा निमार्ण भई सकेकोले दलिय स्वास्र्थबाट माथी उठेर काम गर्ने ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै बताएका छन ।

जनताले दिएको मेनडेटलाई कदर गर्दै बिकास निमार्णका लागी सरकार अगाडी बढेको उनले बताए । सरकारले हत्या,हिंसा,अत्याचार,चन्दा आतंकलाई नियन्त्रणमा लागी परेको बताएका छन । छथर गाउँपालिकाले सुरु गरेको अभीयानले युबाहरुलाई स्वरोजगार बनाउनको संघीय संसद भवानी खापुङले बताएका छन । यहाँको नागरिकहरुको समस्यालाई पहिलो प्राथमिकतामा राख्दै स्थानीय सरकारले अगाडी ल्याएको कार्यक्रमहरु आफ्नो स्थानबाट सहयोग गर्ने खापुङले बताए । छथरे जनताको निम्ती प्रदेश सरकारले खानेपानी तथा सडक निमार्णका लागी बजेट बिनीयोजनका साथै डिपीआर निमार्णमा जुटी रहेको प्रदेश नम्बर १ का संसद सदस्य लक्ष्मण तिवारीले बताए ।

छथरे नागरिकहरुले बाँच्नका लागी खानेपानी आबश्यक रहेकोले अन्य बिकास निमार्ण भन्दा पनी खानेपानी सरकारले ब्याबश्था गर्नुपर्छ भन्ने गुनासाहरु आई रहेकाले आफ्नो स्थानबाट खानेपानी योजनाका लागी बजेटहरु बिनियोजन गरी सकेको तिवारीले बताएका छन । छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले सोही कार्यक्रमको अबसरमा चौमासिक प्रगतीप्रतिबेदन सार्वजानीक गरेका थिए । गाउँपालिका बसाई सरी आउनेलाई ब्याबशायिक अनुदान मन्त्री ढकालद्धारा धर्मदेबी नगरपालिका ३ संखुवासभाबाट छथर १ मा बसाई आउने दाछिरी सेर्पालाई ४० हजार प्रदान गरेका छन ।

गाउँपालिकाले छथरमा बसाई सरी आउनेलाई १ लाख देखी ५ लाख सम्म ब्याबशायिक अनुदान दिने कार्यक्रम अघी सारेको छ । सोही कार्यक्रममा आर्थीक रुपमा बिपन्न परिवारका गितादेबी दमाई र पुर्ण बहादुर लिम्बुलाई जस्तापाता र छथर २ का चित्र बहादुर लिम्बुलाई कालोतार र मिटरबक्स प्रदान गरीएको प्रबक्ता राजन नेपालीले बताए । गाउँपालिकामा बसाई सरी आउने ११ घरलाई ब्याबशायिक अनुदान ,७० घरलाई जस्तापाता र ३ सय घरलाई कालोतार मिटरबक्स प्रदान गरीने भएको गाउँपालिकाले जनाएको छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…