बम भनिएको कुकर भित्र बासीभात भेटिएपछि …

मोरङ । मोरङको सुन्दरहरैचा ७ बेलगाछीमा बिहिबार बिहान शंकास्पद बस्तु भेटिएको भन्दै हल्लीखल्ली मच्चियो । सुरक्षाकर्मीहरुले तत्कालै सो ठाँउलाई नियन्त्रणमा लिए । राजमार्गमा सवारी आवागमन समेत केहीक्षण बन्द भयो । आसपासका स्थानीय बासिन्दा त्रसित समेत भए ।

कालो झोलाको छेउमा राखिएको कुकर देखिएपछि झन त्रास छायो । सो शंकास्पद बस्तु बम नै भएको भन्दै नेपाली सेनाको बम डिस्पोजल टोली समेत ईटहरीबाट आयो । सोही बस्तु डिस्पोज गर्ने क्रममा थाहा भयो की सो कुकरमा त बासी भात पो रहेछ । सुरक्षाकर्मीहरु समेत कुकरमा बासी भात देखेपछि जिल्ल परे । उनीहरुले सो शंकास्पद बस्तु नियन्त्रणमा लिई बासी भात भएको थाहा भएपछि राजमार्गको अबरोध हटनुका साथै दिनभर निर्बाध रुपमा सो क्षेत्रमा सवारी साधन समेत चलेका छन ।

बिप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका क्रममा बिहानै सो शंकास्पद बस्तु भेटिएपछि बम भएको हल्ला चलेको थियो । बन्दका कारण सो क्षेत्रका निजि बिद्यालय,उद्योग,कलकारखाना र सार्बजनिक यातायात बन्द भएपनि निजि सवारीहरु निर्बाध रुपमा सञ्चालन भएका छन ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…