देशका सबै जिल्ला प्रशासन कार्यालयमा दिए पत्रकारहरुले धर्ना

काठमाडौ / विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभरका जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिएका छन् । प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर, बिद्युतीय अपराध ऐन ४७ र ४८ खारेज गर, पत्रकारले लेख्न पाउने अधिकार सुरक्षित गर जस्ता पम्पप्लेट प्रदर्शन गरी पत्रकारहरु धर्नामा बसेका हुन् ।

पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको जनाइएकाे छ । महासंघले विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग समेत गरेकाे छ । तस्तै महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बुझाएका छन् । महासंघकाे अाज बस्ने बैठकले अागामी आन्दोलनका कार्यक्रमहरू तय गर्ने जनाइएकाे छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…