विद्यालयमा मोबाईल निषेध

सोलुखुम्बु / थुलुङ दुधकोशी गाँउपालिकाले विद्यालय समय भित्र शिक्षक र विद्यार्थीलाई मोबाईल प्रयोगमा निषेध गरेको छ । सोमबार गाँउपालिकाका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यालयमा मोबाईल फोन प्रयोगमा निषेध गरिएको छ । विद्यालयमा मोबाईलसमेत लैजान नपाईने गरि नयाँ शैक्षिक सत्र देखि लागु गर्ने गरि सम्पुर्ण विद्यालयलाई परिपत्र गरिसकेको गाउँपालिकाले जनाएको छ । मोबाईल फोनमा ५२ विद्यालयमा सम्पर्कका लागि अफिसियल टेलिफोनको व्यवस्थापन गर्नका लागि पत्राचार गरिसकिएको छ ।

मोबाईलको प्रयोगले पठनपाठन र शिक्षा आर्जनमा प्रभाव पारेको भन्दै शिक्षा समितिले मोबाईल बोक्न र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष असिम राईले बताए । यहि शैक्षिक सत्रबाट सबै बिद्यालयका शिक्षक र बिद्यार्थीहरुमा स्कुल पोशाक अनिवार्य गरिने भएको छ । बैठकले गाउँपालिकाले सन्चालन गरेको कक्षा ८ को परिक्षा नतिजा गाउँपालिकाको वेवसाईटबाट प्रकाशन गरिने र सम्बन्धित विद्यालयलाई नतिजा उपलब्ध गराउने निर्णय समेत गरिएको स्रोतव्यक्ति दयाराज बस्नेतले जानकारी दिए ।

शिक्षा समितिले ‘हाम्रो शहर, हाम्रो गाउँ, सम्पुर्ण बालबालिका विद्यालय पु¥याउँ’ भन्ने नारालाई सार्थक तुल्याउन प्रतिबद्ध रहेको र भर्ना अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न गराउन विद्यालयलाई आग्रह गरिएको वडा नं ९ लोखिमका वडाअध्यक्ष भुपालसिं राईले जानकारी दिए ।

Subscribe PURBELI TV

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

खोटाङमा गरिब परिचयपत्र वितरण

शिक्षक बिहिन खोटाङका तीन विद्यालय , भर्ना अभियान र पुस्तक वितरण प्रभावित

निमोनियाका कारण वडाध्यक्षको निधन

खोटाङका टुहुरा बालबालिकालाई प्रवासबाट सहयोग

सेवाग्राही झुक्याउँदै आइएएमई काउन्टर संचालक

तपाईको प्रतिक्रिया

Loading…