भुकम्प पिडीत अझै छाप्राकै बास

तेह्रथुम / आकाशमा कालो बादल छाउँदा रात काट्ने चिन्ता छ । हाबाहुरी चल्न सुरु हुँदा छाप्रा उडाउने त्रास बोकेर दिन काट्दै आएको ४ बर्ष पुग्न लाग्यो छथर ३ पञ्चकन्याका शिबलाल लिम्बुले । ५६ बर्षका लिम्बु र उनकी ५७ बर्षीया श्रीमती फुलमाया लिम्बुको घर २०७२ साल बैशाक १२ गते गएको भुकम्पले भत्कायो । १ छोरा सहित परिवारको ओत लाग्नै झुपडी नै भत्काए पछी बासको टाटी बारेर बस्न थाले । भुकम्प पिडीतको नाममा राज्य दिएको एउटा त्रीपाल र ५ हजार पाए । भुकम्पले क्षती पुर्याएको घरलाई रातो कार्ड दिएको थियो । रातो कार्ड र १५ हजार रुपैयाँ सरकारबाट दोश्रो पटक राहत पाए थिए ।

भुकम्प पिडीतलाई ३ लाख रुपैयाँ राज्य दिने घोषणा गर्याे तर लिम्बु जस्ता सयौ घरले राहत पाएका छैनन् । सरकारबाट पाएको राहतले सानो छाप्रा बनाएका थिए । अहिले छाप्रामा लगाएको त्रीपाल पनी च्याती सकेको छ । छाप्रा ठुलो हुरीबतास चल्यो भने उडाएर कहाँ पुर्याउने हो टुङगो छैन । “बर्षादको सिजन सुरु भयो पानी पर्दा ओत कसरी लाग्ने भन्ने चिन्ता हुन्छ । हिउँद लाग्यो जाडोले कठ्याङग्रीएर रात कहिले काट्ने भन्ने चिन्ता छ ।”

लिम्बुले भने आर्थीक रुपमा बिपन्न परिवारका लिम्बुका छोरा ज्याला मजदुरी गर्दै आएका छन । जग्गा जमिन भएपनी जंगली जनवार बाँदरले खाईदिन्छन शिबलालले भने । मलिलो जमिन छैन रुखो पाखा छ एकबर्षको कमाई ४ महिना पुग्दैन बास बस्ने घर पनी छैन लिम्बुकी श्रीमती फुलमाया भन्छिन् । शिबलाल त एक भुकम्प पिडतका पात्र मात्र हुन । उनी जस्ता सयौ पिडीतहरु अझै खुल्ला आकाशमा रात काट्दै आएका छन । सरकारले दिने भनेको राहतको पर्खाईमा रहेका पिडीतहरुले न हिउँद भन्न पाएका छन न बर्खा भन्न पाएका छन । एक छाक खान र मिठो निन्द्राका लागी ओत लाग्ने झुपडीको पर्खाइमा बर्षाै बितेको फुलमाया भन्छिन हाम्रो सपना कहिल पुरा हुन्छ होला ।

घर बनाउने आर्थीक अबश्था पनी छैन भएको एउटा छोरा पनी ज्याला मजदुरी गर्न देश प्रदेश जान्छ हामी बुढाबुढी मात्रै छौ उनले भनिन् । शैक्षिक तथा आर्थीक कम्जोर परीवारका यी लिम्बुको पिडालाई राज्यले ध्यान दिन आबश्यक रहेको छ । सरकारमा रहेका नेताहरु लाखौ करोडौका गाडी चड्ने होडबाजीमा छन । यी लिम्बु परिवार जस्ता पिडीतहरुको पिडामा मलम बन्ने कहिले होला । नागरिकहरुले सरकारको प्रत्याभुती गर्ने दिन कहिले आउँछ भन्ने पर्खाईमा रहेको छन ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

राष्ट्रपति रनिङ शिल्ड लालीगुराँस नगरपालिकाको पोल्टामा

जेष्ठ नागरिकलाई घरैमा उपचार, गाउँपालिका साथी लौरो उपहार

तपाईको प्रतिक्रिया

Loading…