नयाँ बर्षको पहिलो दिन बेतनामा ९ हजार बढी पर्यटक

बेलबारी । नयाँ बर्षको पहिलो दिन आईतबार मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रमा ९ हजार बढी आन्तरिक र बाह्य पर्यटक भित्रिएका छन । आईतबार बेलुका ५.३० बजेसम्ममा बेतना सिमसारमा ७ हजार ३ सय टिकट बिक्रि भएको छ भने उपभोत्ता कार्ड मार्फत २ हजार बढी आन्तरिक पर्यटक बेतना सिमसार क्षेत्रमा नयाँ बर्ष मनाउन र अबलोकन गर्न भित्रिएको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिएका छन ।

उनका अनुसार गत बर्ष भन्दा यो बर्षको पहिलो दिन आन्तरिक र बाह्य दुबै पर्यटक बढेको तर उपभोत्ताहरुलाई कार्ड बितरण गरिएको र कार्ड देखाएर प्रबेश गरेका कारण टिकट बिक्रीमा कमी भएको हो ।

बेतना सिमसारमा आन्तरिक र बाह्य पर्यटकको दिनभर घुँईचो भएको र गत बर्षको तुलनामा बेतनामा आउनेको संख्या बढेको समुहका कोषाध्यक्ष कमल कोईरालाले बताए । प्रदेश १ मै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा बिकास भएको सिमसार क्षेत्र पछिल्लो समय धेरै मानिसहरुको पहिलो रोजाई बन्दै गएको छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…