लुक्ला विमान दुर्घटनामा को–पाइलट सहित चार जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर र समिट एअरको जहाज आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेहरुमा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का छन् । समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन र अर्का असई रुद्रबहादुर श्रेष्ठ घाइते छन् । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ । । त्यस्तै विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असईको पनि ज्यान गएको छ ।

समिट एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअप गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिएका छन । उनका आनुसार घटना आज बिहान साढे ९ बजेको हो । सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको उनले बताए । हेलिकप्टरमा भने पाइलट बाहेक अन्य यात्रु नभएको प्रारम्भिक जानकारी आएको छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…