लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्कियो, घटनास्थलमै २ को मृत्यु

सोलुखुम्बु । नयाँ बर्षको पहिलो दिन नै सोलुखुम्बुमा दुःखद घटना भएको छ । लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले दुर्घटना भएको पुष्टि गर्दै समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको बताएका छन । लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको बिमान दुर्घटना भएको छ ।

विमानमा के कति यात्रु सावर थिए भन्ने पुष्टि भएको छैन् । प्रत्यक्षर्शी जितबहादुर कार्कीका अनुसार विमान ठोक्किए लगत्तै आगो लागेको छ । वृस्तृत विवरण आउँन बाँकी छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया