सुडानका गुप्तचर प्रमुखद्वारा राजीनामा

खार्तुम / सुडानको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सलिह घोसले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सङ्क्रमणकालीन सैनिक परिषदका अध्यक्ष अब्देल फताह अल–बुरहानले सलिहको राजीनामा स्वीकृत गर्नुभएको सेनाले जनाएको छ ।

विगत चार महिनादेखि भइरहेका प्रदर्शनमा सहभागीहरुमाथि दमन गरेको आरोप सलिहमाथि लाग्दै आएको थियो । सलिहकै नेतृत्वमा हजारौं प्रदर्शनकारी, विपक्षी अधिकारकर्मीहरु तथा पत्रकारहरुलाई गिरफ्तार गरिएको आरोप लाग्दै आएको छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…