धरान सेउती पुलमा भयानक दुर्घटना : ३ जानकाे मृत्यू , ७ घाइते, एककाे अवस्था गंभीर (६ तस्विरहरू)

धरान / धरानबाट इटहरी आउदै गरेकाे कारले ट्राक्टरलाई वभरटेक गर्नेक्रममा दुर्घटना हुँदा कारमा सबार ३ जानकाे घटनास्थलमै मृत्यू भएकाे छ भने ७ जाना घाइते भएका छन् । सुक्रबार राती ११ः३० बजे धरान ८ स्थित सेउती पुलमा बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्राक्टरलाई वभरटेक गर्नेक्रममा ट्याक्टरको चक्कमा ठाेक्किदा ट्याक्टर अनियन्त्रीत भई नालिमा पल्टेकाे थियाे भने कार उछिटि्एर इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा ठाेक्किन पुगेकाे प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

मृत्यु हुनेमा इटहरी ४ का अनिल श्रेष्ठ, धनकुटाका जनक बुढाथोकी र मदन लिम्बु रहेका छन् भने घाइतेहरूमा ट्याक्टरमा सवार झापा चन्द्रगडी ६ का दिल कुमार राजवंशी, मोरङ रंगेली २ मा बिनोद कार्की, झापा भद्रपुर ८ का कृष्ण राजवंशी रहेका छन् भने बसमा सवार धरान १८ की चन्द्रा राई धरान ११ बस्ने बर्ष २२की प्रभा राई , धरान १७ की सुक्रीकला राई, सारदा राई र पबित्रा बिष्ट रहेका छन् ।

त्स्तै कार चालक मोरङ सुनदरहरैचा ४ का गोबिन्द बस्नेतकाे अवस्था गम्भिर रहेकाे छ । बस्नेतकाे अवस्था गम्भिर भएपछी उनलाइ थप उपचारका लागि धरान वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट बिराटनगर स्थित न्यूराे अस्पताल लगिएकाे छ प्रहरीले जनाएकाे छ ।

याे पनि पढ्नुहाेस्

धरान सेउती पुलमा भयानक दुर्घटना : ३ जानकाे मृत्यू , ७ घाइते

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया