ब्राइट फ्युचर सदैव गुणस्तरिय शिक्षामा प्रतिबद्ध रहेकाे छ : टीकाराम ढकाल

शिक्षासेवी टीकाराम ढकालकाे जन्म वि.स. २०२८ सालमा भाेजपुर जिल्लाकाे याकुमा भएको हाे । २०४८ सालमा स्थापना भएर संचालन हुदै आएकाे माेरङकाे सलकपुरमा रहेकाे ब्राइट फ्युचर मा. वि.का प्रिन्सिपल ढकालले २०५६ साल देखि विधालयकाे नेतुत्व गर्दै आएका छन् । शिक्षा र प्याब्सनकाे गतिविधिमा लामाे समयदेखि सक्रिय रहदै आएका ढकालले हरैचा स्थित जनता मा.वि. बाट २०४५ सालमा एसएलसी उतिर्ण गरेका हुन् ।

उनलेे इटहरीकाे जनता कलेजकाे दाेस्रो व्याचकाे विधार्थी भइ आइकम , महेन्द्र माेरङबाट बिकम र सुकुना बहुमुखी क्याम्पसबाट एमएड गरेका छन् । ढकाल निजि तथा आवासिय विधालय एसाेसियन नेपाल (प्याब्सन) माेरङकाे जिल्ला कार्यसमितिमा दुइ कार्यकाल सदस्य र दुइ कार्यकाल सचिव भइ प्याब्सनकाे गतिविधिमा विगत १८ बर्षदेख निरन्तर सक्रिय रहदै आएका छन । ढकालले प्याब्सन माेरङकाे अध्यक्ष हुदै प्रदेश न १ काे सचिव तथा हाल वरिष्ठ उपाध्यक्षमा निर्वाचत भएर कार्यभार समेत समालेका छन् ।

ढकालले नेतुत्व गर्दै अाएकाे ब्राइट फ्युचर मा.वि.मा हाल ११ सय ५० विधार्थी अध्ययनरत रहेकाे तथा १२ कक्षा सम्मकाे पढाइ संचालन हुदै आएकाे छ । हाल आफ्नै १ विघा भन्दा बढी जग्गा र त्यसमा बनेकाे सुविधा सम्पन्न भवनमा संन्चालन हुदै आएकाे बिधालयमा करिव १५ कराेड रुपैया भन्दा बढी लगानी छ । केही स्थानिय व्यक्तित्वहरुकाे समुहबाट संचालन हुदै आएकाे बिधालयले ६६ जना शिक्षित जनशक्तिलाई राेजगारी समेत दिदै अाएकाे छ । शिक्षा ,समाजसेवा तथा प्याब्सनमा विगत लामो समय देखि सक्रिय रहेदै आएका ढकाल अबकाे शिक्षा व्यवहारिक ,समयअनुकुल तथा राेजगारीमुलक हुनु पर्ने बताउँछन । उनी संग विधालयकाे गतिविधि , प्याब्सन र विविध विषय वस्तुको वारेमा गरिएको भिडियो कुराकानी ।

तपाईको प्रतिक्रिया

Loading…