छिमेकीद्धारा दलित महिला माथि निर्घात कुटपिट

लेटाङ । मोरङको लेटाङ ३ स्थित दार्जि्िलङ लाईनकी एक ७० वर्षिय दलित वृद्धा महिला माथि छिमेकीले निर्घात कुटपिट गरेका छन । कुटपिटका कारणती महिला गम्भिर घाईते समेत भएकी छिन ।

स्थानीय विभा रसाईलीलाई आफ्नै छिमेकीहरुले निर्घात कुटपिट गरेका हुन । चैत २० गते बुधबार साँझ कुटपिट भएपनि सो घटना ढिलागरी सार्बजनिक भएको छ । छिमेकी विच भएको घटना आपसमा नै मिल्न राम्रो हुने भएकोले अहिले सम्म घटना बाहिर नल्याईएको भएपनि पिडकहरुले दलित सँग आफुहरुले माफि नमाग्ने , औषधि उपचार पनि नगर्ने, बरु कानुन बमोजिमको सजाय भोग्न तयार भएको वताएपछि मात्र घटना सार्बजनिक गर्नुपरेको पिडितका भाइ दिपेन्द्रले वताएका छन ।

छिमेकी आमाछोरीद्वय ५० वर्षिय तारादेवि श्रेष्ठ र २७ वर्षिय रेनुका श्रेष्ठले आफ्नो नावालक नातिलाई कुटेको निहुँमा उक्त कुटपिट गरेको प्रहरीले जनाएको छ । पिडक रेनुकालाई ,अर्का छिमेकीले नानी कुटेको भनी सुनाएपछि एक्कासी आमाछोरी आएर अन्धाधुन्द शरिरका विभिन्न ठाउमा लात्ति र मुडकी प्रहार गरी गम्भिर घाईते बनाएको बताईएको छ । कुटपिटबाट वृद्धाको आँखा , टाउको , अनुहारका विभिन्न ठाउँहरु ,छाति , पिठँ्यु ,ढाडमा निलडाम सहितको चोट देखिएको छ ।

पिडितको अहिले विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ । शरिरका विभिन्न ठाउँमा निलडाम देखिएकोले उनलाई के भएको, उपचारमा कति समय लाग्ने यसै भन्न नसकिने ईलाका प्रहरी कार्यलय लेटाङका सहायक प्रहरी निरिक्षक दिपक कट्वालले जनाएका छन् । उनका अनुसार घटना पछि लगत्तै नियन्त्रणमा लिइएका पिडकद्वय आमाछोरीलाई पिडितको विस्तृत रिपोर्ट नआएसम्म प्रहरी हिरासतमा नै राखिने छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया