आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

इनरुवा । सुनसरीकाे कोशी गाउँपालीका ४ स्थित जुद्गगन्जमा आगलागी हुँदा ११ वटा घर जलेर नष्ट भएको छ । शुक्रबार बिहान ८ बजेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा ९ परिवारका ११ वटा घरमा पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सीमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारका अनुसार कोशी गाउँपालीका ४ स्थित जुद्गगन्जका स्थानिय रहमान मियाँ, लतिफ मियाँ, सलिम मियाँ, फिराेज मियाँ, मलिम मियाँ, कलाम मियाँ, कैयुम मियाँ, एेजुव मियाँ सहितकाे घर जलेर पूर्ण रूपमा नष्ट भएको हाे । आगलागीबाट जम्मा २३ लाख ४२ हजार बराबरको धनमाल जलेर नष्ट भएको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले बताए ।

आगलागी मानविय क्षती नभएकाे र नेपाल प्रहरी, सशस्त्र प्रहरी ,स्थानीयबासि तथा इटहरी, इनरूवा र दुहवीका बारूणयन्त्रहरूले २ घन्टापछि आगो नियन्त्रणमा लिएको थियो । यसैबीच आगलागी पीडित परिवारलाई कोशी गाउँपालीकाले २५ हजार नगदसहित खाद्यान्न तथा अति आवश्यक सामाग्री वितरण गरेको छ ।
आगलागीको घटना पश्चात् कोशी गाउँपालीकामा आकस्मिक रूपमा बसेको दैवीप्रकोप समितिको निर्णय अनुसार पीडित सबै परिवारलाई राहत वितरण गरिएको हो । गाउँपालीका अध्यक्ष अन्सारीले दिएको जानकारी अनुसार पीडित परिवारलाई नगदसहित ५० केजी चामल, ५ केजी दाल, ६ केजी भुजा, १ केजी भुजिया,२ केजी खानेतेल, ५ केजी नुन, ५ केजी चिउरा सहितका राहत सामाग्री वितरण गरेको हो ।

पीडित परिवारलाई अध्यक्ष अन्सारी, उपाध्यक्ष अनिता यादव, प्रशासकीय अधिकृत खगेन्द्र गिरि, वार्ड अध्यक्ष अमीन मिया सहितकाले राहत हस्तान्तरण गरेका थिए । घटना प्रति दु:खद व्यक्त गर्दै गाउँपालीका अध्यक्ष अन्सारीले आगलागीबाट जलेर नष्ट भएको परिवारको घर निर्माण गर्ने वातावरण बनाईदिने प्रतिबद्धता जनाए । आगलागीमा घर गुमाएका एक घरपरिवारको घर इटहरीका उद्योगपति भीमबहादुर पौडेलले बनाईदिने भएका छन् ।

Subscribe Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…