भोली देखी अर्धकुम्भ मेला शुरु हुदै, पिण्डेश्वर कलश शोभा यात्रामा जे देखियाे ( १४ तस्विरहरू )

धरान / दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ भेलाको पूर्व सन्ध्यामा धरान १४ स्थत पिण्डेश्वर बाबा धाममा प्रथम जगतगुरु अनन्त श्री बालसन्त मोहननशरण देवाचार्यलेको समृपस्तिथतमा विद्धान पण्डितहरुद्वारा लघुरुद्राभिषेक एवम् स्त्रोत्र पाठसंगै कलश यात्राकोे आयोजना गरएको छ । पिण्डेश्वर बाबाधामबाट शुरु भएको कलश यात्रामा बालसन्त मोहनशरण देवाचार्य, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्की, प्रदेश मन्त्रालयका सचिवहरु लगायतको टोली यात्रामा सहभागी भएका थिए ।

विधिवत रुपमा पूजाआजा पछि गरिएको कलशयात्रा बराह क्षेत्र नगरपालिका चतरा कुम्भ मेला आयोजना हुने स्थानमा भित्र्याइने भएको हो । कशलयात्रासँगै विविधित रुपमा कुम्भ मेलाको शुरुवात भएको बताइए पनि शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले मलाको उद्घाटन गर्दै हुनुहुन्छ । बालसन्त मोहनशरण देवाचार्यले ०६९ सालदेखि शुरु गर्नुभएको कुम्भ मेला अन्तर्गतको दोस्रो अर्ध महाकुम्भ मेलामा नेपालकै प्राचीन धार्मिक क्षेत्र सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा ०७५ चैत्र २३ गतेदेखि ०७६ वैसाख २४ गते अर्थात एक महिनासम्म लाग्ने चल्ने छ ।

यसमा नेपाल लगायत विभिन्न देशका करोडौ भक्तजनहरुको सहभागीता रहने भएकोले कुम्भ मेलाको महत्व अझ बढेर जाने बालसन्त मोहनशरण देवाचार्यले बताउनुभयो ।अत्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्या मानिएका सुनसरीको बराहक्षेत्रकाचे प्राचीन हरिद्वार चतराधाममा एक महिने पिण्डेश्वर अर्ध महाकुम्भ मेलाको संयोजनको भूमिका निर्वाह गरेको प्रदेश नं. १ सरकारले भक्तजनको सुविधाका लागि कुनै कसर बाकी नराख्न बताएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले सुरक्षाका लागि सिसी क्यामेरा जडान, खानेपानीको उचित व्यवस्थापन, शौचालयको व्यवस्था, कुम्भ मेलासम्म पुग्ने बाटाघाटाको उचित सम्बद्र्धन, भक्तजनहरुलाई बस्ने सुविधा लगायतका सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।

कलश यात्राको शुभारम्भ गर्नका लागि बनेको व्यवस्थापन समितिले पिण्डे्श्वको नाममा शुरु भएको कुम्भ मेलाको अघिल्लो दिन यहाबाट कलश यात्रा शुरुवात गरेको बताएको छ । व्यवस्थापनको संयोजन गरेको धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरबाट लगेको घैलामा राखेको कलश कुम्भ मेलामा लगेर भित्र्याइने परम्परा अनुसार आज कलश यात्राको आयोजना गरिएको बताउनुमयो ।

कुम्भ मेलाले देश विदेशमा चतरामा रहेको हरिद्वार क्षेत्रका प्रचारप्रसारका साथै यसको महत्वका विषयमा भक्तजनहरुलाई ज्ञात हुने बताइएको छ । कुम्भ मेलालाई भव्ययताको साथ समपन्न गर्न प्रदेश संरकारले यस पटक संयोजनको भूमिका निर्वाह गर्दै अस्थायी प्रदेश कार्यालय समेत चतरामा खोलिएको छ ।

मेलालाई भव्यताका साथ सम्पन्न गर्न प्रदेश सरकारको ५० लाख समेत सहयोग गरेको छ । एक महिनाको अवधिमा देश विदेशका करोडौ भक्तजनहरुले कुम्भ मेलाको अवलोकन गर्ने आयोजक समितिले जनाएको छ । प्रदेश सरकारले प्रदेश नं. १ लाई धार्मिक पर्यटकीय क्षेत्रको परिचित गराउन योजना अगाडि सारे अनुरुप यस्ता महत्वपूर्ण धार्मिक मेलाले थप केही टेवा पुग्ने अपेक्षा भक्तजनहरुले गरेका छन् ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…