‘हत्या पछि बलात्कार’ घटनाका दोसीलाई १६ वर्ष कैदको फैसला

उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका– ३ लाफागाउँस्थित जनता माध्यामिक बिद्यालय रसुवा लाफागाउँका कक्षा ९ अध्ययनरत बालिकाको हत्यापछि बलात्कार घटनाका अभियुक्तहरुलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेसँगै गरेसँग कारागार चलान भएका छन् । सोही बिद्यालयका कक्षा ९ मा अध्ययनरत सहपाठी १५ वर्षिय किशोर दिपे भन्ने दिपेन्द्र राई र १७ वर्षिय रुजन भन्ने पदमवीर राईलाई न्यायधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले मंगलबार कसुर ठहर गर्दै जन्मकैदको फैसला गरेसँगै उनीहरु कारागार चलान भएका हुन् । अदालतले १६ बर्षीय बालकको हकमा १२ बर्ष ६ महिना र १७ बर्षीय बालकको हकमा १६ बर्ष २ महिना ६ दिन साथै क्षतिपुर्तिवापत जनही १÷१ लाख गरी दुई लाख भराउन आदेश दिइएको छ ।

१७ बर्षीय बालकले घटनाका बेला भरुवा बन्दुकसमेत साथमा लिएकाले उनलाई त्यसवापत थप ३ बर्ष जेल र ३० हजार जरिवानाको फैसला सुनाईएको अदालतका श्रेष्तेदार राजकुमार आचार्यले जानकारी दिए । उनको हकमा सरकारी वकिलको कार्यालयले बलात्कार, हत्या र हातहतियार र खरखजना गरी तीन प्रकृतिको मुद्दा दायर गरी चलाएको जिल्ला सहन्यायधिवक्ता गणेशप्रसाद सापकोटाले बताए ।

पीडित पंक्षको मागदावि वमोजिम अदालतले बालक देखिएको भन्दै ऐनकानुनअनुसार उमेर पुगेका मानिसलाई हुने सजायको दुई तिहाई सजाय हुने व्यवस्थाअनुसार फैसला सुनाएको आचार्यले बताए । त्यसैगरी १६ बर्षीय बालकले भने हतियार नबोकेकाकारण बलात्कार र हत्यासम्बन्धि दुई प्रकारको मुद्दा चलाइको सापकोटाले जानकारी दिए । कसुरदार नावालक रहेको देखिएपछि उनको हकमा अदालतले उमेर पुगेका मानिसलाई हुने सजायको आधा हुने गरी फैसला सुनाएको हो ।

एन्जिलाको यसरी भएको थियो, बलात्कारपछि हत्या

गत ०७५ कात्तिक २४ गते सोही वडाको अमला जंगलमा अभियुक्तद्वयले बालिका एक्लै बाख्रा चराउन गएको मौका छोपी बलात्कारपछि हत्या गरेको पुष्टि भएको थियो । उनीहरू एउटै विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने सहपाठीसमेत थिए ।

शिकार खेल्न जाने दुई बालकले बाख्रा चराउन गएकी एउटै कक्षामा पढ्ने एउटै गाउँमा बस्ने एल्जिना माथि अपराध गरेको स्वीकार गरेको थियो । बालकहरु शिकार जाँदा कसैले नदेख्ने जंगलमा बालिका एन्जिला बाख्रा चराउँदै देखेपछि उनीहरुले आक्रमण गरेको थियो ।

बलात्कार गर्न लाग्दा चिच्याएपछि घाँटीमा थिची हत्या गरेर बलात्कार गरेको अभियुक्त दुवैले स्वीकार गरेको प्रहरीको भनाइ छ । घटनाको ४ महिना १७ दिनका दिन अदालतले कसुरदार ठहर गरी फैसला सुनाएको हो । कसुरदारहरू विरुद्ध पीडितका बाबु दुर्गाराज खड्काले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । त्यसअघि प्रहरीले घटनास्थलमा गरेको प्रारम्भिक अनुसन्धानका क्रममा चार जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएकोमा ३ जना संलग्न नरहेको देखिएपछि छाडेको थियो । उनीहरूसँगै पक्राउ परेका १६ वर्षीय बालकले १७ वर्षीय बालक संलग्न रहेको बयान दिएपछि कात्तिक २६ दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

‘घटनालगत्तै प्रदेश प्रहरी कार्यालयबाट आएको अनुसन्धान टोली, तालिम प्राप्त कुकुर, चिकित्सकसहित तत्कालीन डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा गएको टोली घटनास्थल पुगेको थियो,’ उनले भने, ‘त्यही टोलीले दोषी पत्ता लगाएको हो ।’ प्रहरीले घटना घटेको ६ दिनमा प्रारम्भिक अनुसन्धान पूरा गरी आरोपितहरू सार्वजानिक गरेको थियो । प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले घटना मनसायपूर्वक हत्या गरेको देखिन आएको दाबी गर्दै दफा १७७ बमोजिम करणी, ज्यान र खरखजनासम्बन्धी कसुरअन्तर्गत कारबाहीको माग गर्दै २०७५ मंसिर २३ गते अदालतमा मुद्दा दायर गरेको थियो । पीडितको तर्फबाट जिल्ला न्यायाधिवक्त बद्रिप्रसाद नेपाल र प्रतिबादीको तर्फबाट अधिवक्ता नीरबहादुर राईले बहस गरेका थिए ।

यस्तो छ कानुनी व्यवस्था

मुलुकी अपराध ऐनको दफा ११ ले एकै व्यक्तिलाई एकैपटक धेरै प्रकृतिको मुद्दा भएमा प्रत्येक कसुर अलग–अलग भएको मानी सजाय निर्धारण गर्ने तर कारवाहीको हकमा भने सबैभन्दा ठुलो सजायलाई कार्यान्वयन गर्ने व्यवस्था छ । यो व्यवस्था अनुसार उनीहरुलाई हत्या सम्बन्धि जन्मकैदको व्यवस्थामा २५ बर्ष रहेकाले जन्मकैदको कारवाही कार्यान्वयन गरिएको श्रेस्तेदार आचार्यले बताए ।

अदालते बालिका हत्यामा २५ बर्ष र बलात्कारमा १५ बर्ष जेल सजायको फैसला सुनाएको हो । यसवाहेक १७ बर्षीयको हकमा हातहतियारसमेत देखिएकाले थप ३ बर्ष सजाय निर्धारण गरेको आचार्यले बताए । सबै सजाय जोड्ने हो भने १७ बषीय बालकको ४३ बर्ष जेल जीवन विताउनु पर्ने हुन्छ । तर बालक त्यसमा पनि भिन्न भिन्न प्रकृतिको घटना रहेकाले जन्मकैदलाई आधारमानी १६ बर्ष २ महिना ६ दिन अव जेल जीवन बिताउनु पर्ने छ ।

मुलुकी अपराध ऐनअन्र्तगत दफा २१९ (३) (ख) वमोजिम बलात्कार सम्बन्धी १५ बर्ष र सोही ऐनको दफा १७७ (२) वमोजिम हत्याको जन्मकैदको सजाय हुने अदालतले ठहर गरेको हो । त्यसैगरी १७ बर्षीयले हातहतियार र खरखजना बोकी हिडेकाले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १३२ (२) वमोजिम ३ बर्ष जेल र ३० हजार जरिवाना ठहर गरिएको आचार्यले बताए ।

बालिकालाई वलपुर्वक हत्या गरी करणी गरेको देखिन आएकाले अपराध संहिता ऐन २०७४ को दफा २२८ तथा सोही ऐनको दफा १८६ लाईसमेत विचार गरी दुबैलाई १÷१ लाख क्षतिपुर्ति ठहर गरिएको जनाइएको छ । १७ बर्षीय बालकको हकमा बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ३६ (४) तथा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ४५ (४) वमोजिम उमेर पुगेको मानिसलाई हुने सजायको दुई तिहाई सजाय गर्ने व्यवस्था वमोजिम कारवाही गरिएको बताइएको छ ।

त्यसैगरी १६ बर्षीय नावालकको हकमा बालबालिका सम्बन्धि ऐनको दफा ३६ (३) र सोही ऐनको दफा ४५ (३) वमोजिम उमेर पुगेको मानिसलाई हुने सजायको आधा सजाय हुने व्यवस्था अनुरुप कारवाही गरिएको श्रेस्तेदार आचार्यले जानकारी दिए । घटनामा सम्लग्न रहेका दुबै जना बालक रहेकाले उमेर नपुगेसम्म बालसुधारगृहमा बस्ने र त्यसपछि कारागार चलान हुने गरी फैसला सुनाइएको छ । बालकको हकमा नाम गोप्य राख्नु पर्ने कानुनी प्रावधानकाकारण प्रहरीले १६ बर्षीय बालकलाई इइवान कुमार र १७ बर्षीयलाई एचएचवान कुमार उपनाम दिई मुद्दा चलाएको थियो । कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कारपछि हत्या घटनाका आरोपितहरु हालसम्म पहिचान नखुलिरहेको अबश्थामा उदयपुर प्रहरीले यो घटनालाई ठुलै सफलताको रुपमा लिएको छ ।

कसैसंग झगडा नगर्ने मिलनसार एल्जिना

सहपाठीहरुका अनुसार पढाईमा मध्यमस्तरकी एल्जीना कक्षामा सबैसँग मिल्ने स्वभावकी थिइन् । केटाहरूसँग काम पर्दा मात्र बोल्ने स्वभावकी उनी आफ्नै साथी दीपेन्द्रले ज्यान लिन्छ भन्ने थाहा भएको भए बादविवाद र झैझगडा गर्थिन होलिन् । तर, उनीहरू बीच त्यस्तै कुनै बातविवाद भएको थाहा नभएको बाल्यकालदेखिसँगै पढ्दै आएकी सविता तामाङ बताउँछिन् ।

कक्षामा ४ रोल नम्बरकी सविताका अनुसार एल्जीनाको रोल नं. १९ थियो । कक्षाका ३८ विद्यार्थीमध्ये दीपेन्द्र पढाईमा ठिकठिकै थिए । ‘एल्जीना सोझी थिई, दीपेन्द्र पनि सोझै स्वभावको हो, एल्जीना र उबीच झगडा भएको पनि कहिल्यै देखेको छैन’ अन्तरंग साथी गुमाउँदाको अझैपनि सम्झि रहने सविताले भनिन् ‘त्यस्तो हुन्छ भनेर सपनामा पनि सोँचेको थिइँन, अझैपनि अचम्म लागेको छ ।’

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खिलराज राईका अनुसार यो घट्नापछि लाफागाउँबासीमा ठूलो त्रास सिर्जना भएको थियो । उनका अनुसार दिनदहाडै यस्ती कलिली बालिकाको बलात्कारपछि विभत्स हत्या हुनुले सिंगो विद्यालय परिवार शोकमग्न हुन पुगेको थियो । विद्यार्थीहरु स्कुल आउन मानिरहेका थिएनन्, अव फेरी आउन सुरु गरेको छ ।

भर्खरै १३ लागेकी छोरीलाई तिहार राम्ररी नबिताई कहिल्यै नफर्कने गरी विदा दिनुपरेको क्षण दुर्गाबहादुर खड्काको परिवार अझैपनि ताजा जस्तै रहेको छ । उनका अनुसार बलात्कारी र हत्याराले सजाय पाएकोमा न्यायलयप्रति आफ्नो आधारी रहेको बताए । अवका दिनमा मेरो परिवारमा जस्तो घट्ना अरु कसैकोमा नघटौस भन्न चाहान्छु ।

यस्तै खड्का परिवार मात्र होइन सिंगो अमला र लाफागाउँमा पनि फेरी पनि यस्तो घटना नदोहरियोस भन्न चहान्छन् । ‘अत्यन्त नराम्रो घट्ना घट्यो, यसले समाज कतातिर गइरहेको छ भन्ने प्रश्न उठाएको छ’ वडाध्यक्ष दुर्गाराज खड्काले भने ‘युवाहरूमा नैतिक शिक्षा र किशोर किशोरीलक्षित सामाजिक अभियान चलाउनु पर्ने देखियो ।’

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

तपाईको प्रतिक्रिया

Loading…