सुनसरीमा भारतीय डाका समुह र सुरक्षाकर्मी बीच दोहोरो गोलि हानाहान

इनरुवा । भारतीय डाका समुहका कारण सुनसरीमा सुरक्षा थ्रेट बढ्दै गएको छ । जिल्लाको सीमावर्ती क्षेत्रमा चौपाया चोरी गर्न भारत बाट आउने डाका समूहले गर्दा सुरक्षा थ्रेट बढेको हो । यसैक्रमा बुधबार राती करिब ३ बजेको समयमा नेपाल प्रहरी र भारतीय डाका समुह बीच दोहोरो गोलि हानाहान भएको छ । सिमा प्रहरी चौकी भाण्टावारी बाट प्रहरी नायब निरीक्षक अवधलाल साह सोनार नेतृत्वको ५ जनाको टोलि माथि भारतीय डाकाहरुले गोलि चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पछिल्लो समयमा सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ७ सहितका क्षेत्रमा चौपाया चोरीका घटना बढेपछि प्रहरीले सो क्षेत्रमा नियमित गस्ती गर्दै आएका छन् । बुधबार राति ३ बजेको समयमा नियमित गस्तीकै क्रममा दसगजा क्षेत्र स्थित नेपाल भारत सिमाको पिल्लर नम्बर 204/2P16 मा गस्ती टोलि माथि भारतीय डाका समुहले गोलि प्रहार गरेका थिए । दसगजामा रक्सी सेवन गरेर नेपालतर्फ चोरी गर्न आउन तयारी अवस्थामा रहेका अन्दाजी ५ देखि ७ जनाको समूहले गस्ती टोलि लाई देखेपछि अन्धाधुन्ध गोलि चलाएपछि आत्मरक्षाका लागि प्रहरीले पनि जवाफी गोलि चलाएको थियो ।

चौपाया चोरी नियन्त्रणका लागि परिचालन भएका प्रहरी टोलि माथि डाका समूहले अन्दाजी ५ देखि ७ राउन्ड गोलि चलाएको र प्रहरीले आत्मरक्षाका लागि जवाफमा ९ राउन्ड गोलि चलाएको सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयालले बताए । प्रहरीको जवाफी कार्वाही पछि डाका समुह भारत तर्फ भागेको डिएसपी फुयालले बताए । प्रहरी र डाका समुह बीचको दोहोरो गोलि हानाहानमा कोहि घाइते नभएको सुनसरी प्रहरीले जनाएको छ । गोलि हानाहान भएको क्षेत्र बाट उमंग रक्सीको दुई बोतल बाहेक अरु केहि पनि बरामद नभएको प्रहरीले जनाएको छ । दोहोरो गोलि हानाहान भएको जानकारी भएपछि जिल्ला बाट थप नेपाल प्रहरीको टोलि र बिओपी भाण्टवारी बाट सशस्त्र प्रहरीको टोलि घटनास्थलमा पुगेका थिए ।

केहि महिना अघि प्रहरीको सुरक्षा कार्वाहीमा सोही क्षेत्रमा प्रहरीको गोलि लागी एकजनाको घटनास्थलमै मृत्यु भएको थियो । चौपाया चोरी गर्न भारत बाट नेपालको सीमावर्ती क्षेत्रमा आउने चोरहरुका कारण हरिपुर र श्रीपुर क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । भारतीय चोरको बिगबिगी बढेदेखि सो क्षेत्रका स्थानीयहरु रातभर जाग्राम बस्दै आएको बताउँछन् । यसैबीच सुनसरी प्रहरीका प्रवक्ता डिएसपी फुयालले नेपाल प्रहरी सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन सक्षम भएको बताए । जिल्लाको खासगरी सीमावर्ती क्षेत्रहरूमा सतर्कता सहित शान्ति सुरक्षाका लागि थप प्रहरी टोलि परिचालन गरिने डिएसपी फुयालको भनाइ छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…