माेरङकाे कानेपाेखरीमा टाटा सुमाे दुर्घटना : २ जनाकाे मृत्यू (तस्बिरहरु सहित)

पथरी / माेरङकाे कानेपाेखरी गाँउपालिका वडा नं. ७ काे महेन्द्र राजमार्ग बा ११ च ७९४८ नं. काे टाटा सुमाे दुर्घटना हुदा २ जनाकाे मृत्यू भएकाे छ । ९ जना सवार मध्यै २ जना गम्भीर घाईते भएका छन भने ५ जना समान्य घाईते भएका छन । शनिवार बिहान अन्दाजी ४ बजेकाे समयमा जंगलकाे एरियामा साे दुर्घटना भएकाे थियाे ।

पश्चिमबाट पुर्व तर्फ अाउदै गरेकाे ना. ३ ख ६९१८ नम्वरकाे मालबाहक कन्टेनरमा पच्छाडीबाट अाएर ठाेकिदा घटना स्थलमै १ जनाकाे मृत्यू भएकाे हाे भने १ जनाकाे उपचारकाे क्रममा न्यूराे अस्पताल बिराटनगर मृत्यू भएकाे ईलाका प्रहरी कार्यलय पथरीले बताएकाे छ । मृत्यू हुनेमा झापा गाैराहद नगरपालिकाका बर्ष ४५ का प्रकाश मगर, झापा अर्जुनधाराका ४ का बर्ष ४७ का रामकुमार अछामी रहेका छन । गम्भीर घाईलेहरुमा झापा गाैराहदकी बर्ष १४ कि प्रबिता मगर, दुर्गा मगर रहेका छन ।

दुर्घटनामा परेका अन्य ५ जनालाई समेत न्यूराे अस्पतालमा उपचार भैरहेकाे छ । सामान्य घाईतेहरुमा झापा गाैराहदका याेगेस न्याैपाने, बबिता मगर, काभ्रेका रमेश तामाङ, पाँचथर मिक्लाजुङका हरिप्रसाद नेङवाङ र झापा दमकका सुमाे चालक कुल बहादुर रेग्मी रहेका छन । घटना पछि तत्कालै पथरी ईलाकाकाे गस्ती प्रहरी टाेलिले सम्पुर्ण घाईतेहरुलाई उद्दार गरेकाे थियाे ।

काठमाडौबाट झापा तर्फ अाउदै गरेकाे सुमाे साेहि दिशाबाट अाउदै गरेकाे कन्टेनरकाे पछाडि ठाेकिदा सुमाेकाे छट नै छरेकाे थियाे । दुर्घटनामा मृत्यू भएका रामकुमार अाछामीकाे उर्लाबारीकाे मंगलबारे अस्पतालमा राखिएकाे छ भने प्रकाश मगरकाे न्यूराे अस्पतालमा रहेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…