गुमराहभित्र नफस सरकार !

आवेशको निर्णयमा बोक्ने र पछार्ने कुरूप शैलीको परिणाम जनतालाई, कसैलाई काख दिने र कसैलाई बन्दुक तेस्र्याएर नरिसा भन्नु पनि राम्रो नहोला । विरोधी मानसिकता र दम्भी सोचको युद्ध छ आज– देशमा । आज राजनीतिक समस्याका चाङमा आफ्नै पार्टीभित्रको साङ्गठनिक अन्तर्विरोधको दबाब छ । यदि व्यक्तिगत रिसिबी रहेको हो भने मन माझ्ने कार्य हुनुपथ्र्यो तर जनताको ज्यानमाथि खेलवाड गरिने कुविचारलाई अब अन्त्य गरियोस् । कसले कोसँग के कसरी प्रतिशोध लिन्छ– प्रेमले विचार वहस गरियोस् किनकि अबको युग शान्तिमय परिवर्तनको युग हो । आज पार्टी आपैmँ एकीकरणको ठोस आधार गुमराह लम्बिरहने ढिलासुस्तीमा कामको चुस्ती सुकेको तिरतिरे धारो बन्दै छ । सरकार अनेकौँ स–साना कुरादेखि ठूलै विषयभित्र मतभेदको सिकार बनेर आलोचित बनिरहनू– बहुमत हुँदाहुँदै एक्लो बनेको भान हुन थालेको छ । विप्लव प्रतिबन्धको प्रकरणमा हिंसा, आतङ्कको अन्त्य गर्ने भन्ने सुशासन र शान्तिको यात्रा गलत दिशातिर आकृष्ट छ । दमनको मनोविज्ञानमा कुण्ठाको भय हुन्छ । प्रेमले पूजा गरेको पत्थर देउता बन्न सक्छ, अब हातेमालोबाट शुन्य शत्रुतातर्पm लम्कने बेला हो । जनता हैरानी र बेचैनीबाट अभैm कति समयसम्म प्रताडित रहने ? हिजोको सङ्क्रमणकालीन प्रताडना सेलाएकै छैन । यो अवस्थामा सत्ता साझेदार फोरम पनि सहयोगी बनेको छैन । भनौँ, रापजाले सरकारसँगको समर्थन फिर्ता लियो । विश्वासको वातावरण नबनेको जनभावनामा विश्वासको प्रकाश छर्ने बेलामा उल्झनका गुमराहभित्र सरकार आपैmँ खाडल खन्दै छ । बलियो प्रतिपक्षी काङ्ग्रेसको असहयोगी मनोविज्ञानसँग सरकारको साढेसाती दशाको ग्रहशान्ति कसरी हुन्छ ?

नेपालको अस्थिरताको अन्त्य गर्न अतिवादी, पश्चगामी सोचमा परिवर्तन हुनुपर्छ । जनताको आवाजभित्र देशद्रोह नगासिँदासम्म स्थान पाउनुपर्छ किनकि यो प्रजातान्त्रिक मुलुक हो, आजको भाषामा – जनभावनाको सम्बोधन हो । देशको हीतमा छ भने त संविधान पनि ढुङ्गाकै अक्षर होइन बदलिनु पनि पर्छ । सामाजिक सद्भाव, राष्ट्रिय हीत तथा समुन्नतिमा रूपान्तरित विचार आउँछ या त जनता खुसी हुनेसम्मका विषय सम्बोधनयोग्य पनि त हुनसक्लान् । ‘हामीले ल्याएको परिवर्तन उल्ट्याउन खोजिन्छ भने प्रतिकार नै गरौँ’ भनेर मेरो गोरुको बाह्रै टक्काको मनोविज्ञान पनि घातक सोच हो । बेलामा बुद्धि नपुगे हिजो प्रजातन्त्रपछि पञ्चायती शासन आएभैmँ देशमा नकारात्मक परिवर्तन नआओस् । अतः परिवर्तनको विश्लेषणका क्रममा आवश्यक र अनावश्यक पक्षलाई केलाएर राजनीतिक विचारहरू जनप्रेमी बन्न सकून् । रगतको खोलो बगाउनेले पनि बोलौँ ताकि जनताको रगत, जनधन, बाँच्न पाउने मानवीय हक अब कुनै पनि तबरले नलुटियोस् । हिजो झण्डै दुई दशक संख्यामा जनताको प्राण आहुतीले काख रित्यायो, सिन्दुर पुछ्यो, टुहुरो बनायो, अत्याचारको वितण्डा मच्चायो । ती दिन सम्झँदा कहाली लाग्दा छन् भने अब यसको ठोस चिन्तनमा विकासको हुङ्कारका साथमा वाक्युद्ध गरौँ ।

रमेश भट्टराई ‘सहृदयी’

आज देश चारतिर मुख बङ्ग्याएर बाङ्गिने रोगको बिरामी छ । मै राम्रो भन्ने सोचमा भविष्य लड्खडाउँदै छ । अलिकति दम्भ र अलिकति स्वार्थको लडाईँमा रणभुल्ल छ । साढेसाती दशा लाग्दा अपशकुन भइरहन्छ भन्थे मुलुकले माओवादी द्वन्द्वयता मात्र लगभग चारवटाभन्दा बढी साढेसाती कटाउने अवस्थामा सम्म ग्रहशान्ति हुन सकेको छैन । देशको समुन्नतिको ढोल पिट्नुपर्ने समयमा सरकारलाई अल्झनका बखेडाले बाटो भुल्याउँदै छ । एकातिर रेशम चौधरीको जन्मकैदको प्रसङ्ग, अर्कोतिर सीके राउतलाई सर्वोच्चको आदेशपछि गरिएका सम्झौता र आजको माहोल अनि, विप्लवको प्रसङ्ग– सरकार सबैतिरबाट चक्रव्यूहमा फसेको छ । विखण्डनकारी को हो र राष्ट्रवादी को हो, अब पासाको खेल जस्तो देश सोचको गुमराहमा अलमल्ल नभएको भन्नै सकिएन ।

दिगो शान्ति सुव्यवस्था स्थापनार्थ डट्ने समयमा बल्छी बुन्दै फस्दै गर्ने उल्झनको माखे साङ्ग्लोमा आज सरकार सचेत बन्न सकेन । कतिपय झिना विषयदेखि देशका वितण्डागत विवादले नुनचुक छर्ने कार्य भइरहेका देखिन्छन् । एक त सीकेसँगको सम्झौता र देश विखण्डनको छुद्र नाराको सङ्कीर्णताभित्र बर्बरता उचालियो । हुन त सरकारको चाहना यहाँनेरी प्रेमपूर्वक सम्झौताबाट समाधान खोज्दै राजनीतिक जिम्मेवारी बोध गराउन चाहेको हुनुपर्छ तर मनको कल्मषमा स्वच्छता नहुनु र नधुनुमा देशद्रोही चरित्रलाई काखमा राखेको विरोध मुलुकमा व्याप्त छ । प्रतिपक्षीले अधिनायकवादको आरोप लगाइरहँदा भ्रष्टाचारी शैलीले देशलाई अछुतो बनाउन सकेको छैन । सङ्क्रमणकालीन जटिलतालाई सुल्झाएर संविधानको अक्षरशः पालना होओस् भन्ने जनचाहनामा अविश्वासको बादल मडारिन थालेको छ । राप्रपा नेपाल लगायतको आफ्नै एजेन्डामा जनताको महासागर उत्तिकै छ । अब यी चुनौतीका सोपानमा मुलुकले कसरी दिगो शान्ति र समृद्धिलाई मार्ग प्रशस्त गराउने राज्यको काँधमा शनिदशा लागेको देखिन्छ ।

विश्लेषकहरूका विचारलाई हेरौँ, देशका केही अघिसम्मका मात्रै घटनालाई नियाल्याँै भने त्यहाँ सरकार वाइडबढी काण्ड, सुनकाण्ड, राष्ट्रपतिको कारदेखि हेलिकप्टर खरिद कार्यमा चुकिरह्यो । कतिपय कुरामा जितेरै अघि बढ्ने सोच देखायो । स–साना कुरादेखि ठूला विषय भनौँ पशुपति शर्माको गीतलाई बन्द गराइएको कुरा सेलाएकै छैन, जसमा सरकार अप्रत्यक्ष समर्थक बनेर मौन छ । तब जनताको मनमा एकाएक हात्ती आयो हात्ती आयो फुस्सा भन्ने लाग्न थालेको हो । सरकारले सत्य तीतो हुन्छ, मन जित्नुपर्छ र गलतलाई गलतै साबित गर्नुपर्छ भन्ने विदुर नीति अपनाउन सकेन । सत्ताको मियो सार्वभौम राष्ट्रियताको सवालमा चुक्दै जाँदा मुलुकमा अनावश्यक झमेलाको पहाड ठडिएको देखिन्छ । कतिपय विषयमा नरमकरमको शैली आवश्यक हुन्थ्यो तर सरकारले लचिलो बन्नुनहुने स्थानमा लचिलो बन्यो तर कडा बन्नुपर्ने पाटामा कमजोर भएर विश्वास ग¥यो । परिणामतः आज देशको परिस्थिति खराब दिशामा धकेलिएको प्रतीत हुँदै छ ।

तर, हरेक परिवर्तनमा भवानी भिक्षुको माउजङ बाबुसाहेवको कोटका पात्र माहुजङजस्ता व्यक्तिको प्रभावले जटिलता निम्त्याउँछ । अर्को पक्ष बहुमतको रवाफको गन्धको उल्टो लचकता र इमानदारिता, भद्रपन देखाउन नसक्दा जनताको मनमा भरोशा घटेको हो भन्नुपर्छ । नेतृत्व भलै राम्रा होलान्, माथि भाषणमा राम्रा कुरा गर्लान् तर तलका स्थानीय कार्यकर्ताले सयवटा मुसाको शासनको दम्भ पोखिरहँदा जनतामा आक्रोश छ । सुविधा र विकास केही छैन खाली अनावश्यक करको बल्छी थापेर बस्ने सिकारी देखेर रिस उठ्नुमा जनताको दोष होइन ।

जनताको दोष– सही र गलत छुट्याउन नसक्नु हो । नयाँ परिवर्तनको परिणाम आउन समय लाग्छ । जादुको छडी जस्तो विकास खोजेर पनि हुँदैन । सरकारलाई विरोध गरेर अब कति कचिङ्गल गर्ने, बरु साथ दिउँ न त जनतासँग सरकारले के चाहन्छ– हामी तयार छौँ भन्ने भावना हुनुपथ्र्यो । यसको ठीक विपरित विरोध गर्ने प्राचीन रोगले छोडेको देखिँदैन । यद्यपि सरकारले जनभावनालाई कदर गर्न विकासका बाटामा ठोस योजना लिएर अघि बढ्न सकेकै देखिँदैन पनि । एकवर्षे उपलब्धिका सबै कुराका बारेमा जनता अज्ञात प्रायः छन् ।

सत्यतामा अध्येता पनि विश्वस्त नबन्नु नौलो कुरा होइन किनकि जनतालाई मपाईँत्व पोख्ने नेताको शैलीमा भाषण ठूलो गर्ने र काम गर्न हजु¥याईँकै पहुँच चाहिने परम्पराको बारेमा हैरानी घटेकै छैन । समृद्ध नेपाल र सुखी नेपालीका नारामा आर्थिक रूपान्तरणको सवाल जोडिँदा के कसरी भन्ने पूर्वयोजना जनताले बुझ्ने गरी आएको पनि त छैन । द्रुत विकासका लागि उस्तो कामको हतारो पनि नदेखिएका कारणले नै आज जनताको मनभित्र नैराश्यता मडारिरहेको छ, कुण्ठा पोखिइरहेको छ । अर्को पाटोमा जनताको मनमा विकासको अर्थ भौतिक संरचना मात्रै हो भन्ने एक किसिमको छाप भरिँदै गएको छ तर योजनागत, सोच विचारगत प्राज्ञिक क्षेत्रका कुरा छायामा पर्नु जनचेतनागत कमजोरी पनि हो ।

नेपाल आमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छिन् । हिमाल, पहाड र तराईको एकतामा कसिलो छ हाम्रो देश । सबै भौगोलिक संरचनामा सुसज्जित भगवान्ले सोचेर बनाएको कुनै देश छ भने त्यो हो– नेपाल । यो देश सधैँ अखण्ड छ र अखण्डै हुनेछ । तराईका जनताले नेपाली हुनुमा गर्व गरिरहँदा हिमालले शितलता दिइरहन्छ भने यहाँको बहुजाति, बहुभाषी, बहुसांस्कृतिक एकतामा कसिलो नातो गाँसिएको छ । चन्द्र–सूर्य अङ्कित झण्डाले सिङ्गो सौर्य मण्डललाई नेतृत्व गर्छ । चन्द्रमाले सिङ्गो तारागणलाई नेतृत्व गरेको छ । सरगरमाथाको देश, बुद्धको देश, भृकुटी र सीताको भूमि, जनकको आदर्शताले सुसज्जित मुलुकमा अशान्ति कसरी शोभनीय बन्छ !

सोचौँ– सीके राउतको सोचभित्र राष्ट्रिय स्वार्थ भएमा कसले विरोध गर्छ ? कुनै पनि समुदाय, सत्ताधारी वा प्रतिपक्षी– आखिर सबैको चाहना देशको भाग्य र भविष्य निर्माणको राष्ट्रिय स्वार्थ गाँसिन्छ भने त्यहाँ द्वन्द्व, विद्रोह, बेमेल, स्वार्थ, अत्याचारी विचार कसका लागि ? हुनलाई शत्रुका लागि देशका हीतका लागि लड्ने वीर पुरुषको क्रान्तिभूमि नेपाल हो भने बुद्ध र जनकको शान्तिभूमि पनि त हो । तब फेरि रडाको केका लागि, के पाइन्छ किचलोले र के पाए यस अघि मारिएका र मरेका आत्माहरूले ? सोचौँ, हाम्रा पुर्खाले लडेर एक बनाए । हामी तिनका धरोहरमा जिएका छौँ । भलै देशमा गरिबी छ तर देश गरिब छैन । यहाँ सम्भाव्यता छन्, केलाउँ र बेकारको गफ गर्नुको साटो हामी नवीन विकासका योजना बुन्न जान्दैनौँ त ? बम र बारुद बनाउने योजना, अर्कालाई लडाएर आपूm माथि जाने भन्ने स्वार्थ, चुक्लीको साटो समृद्धिका नवीनता नियाल्न किन सक्दैनौँ जहाँ ४० प्रतिशत युवा जनशक्ति र विकास गर्ने अथाह आधार छन् । विचारलाई माझेर अघि बढौँ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…