हराएका नौ लाख किरातः राई यायोक्खा नामक एनजिओले खोज्ला ?

यो लेख लेख्नुको खास कारण अघिअघि लेखेको मेरो लेखहरुमा भैंm कथित् राई ! जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुलाई फगत गाली गर्नु मात्रै नभएर भोलि साँच्चै वैज्ञानिक ढंगले अध्ययन–अनुसन्धान गर्दा राईको जाति वा जात हुने कुनै आधार नभेटिने हुनाले यी कथित् राई जातिवाला राई सर राईनी म्याडमहरुले बेला छँदै वास्तविकता बुझे हुन्थ्यो, मान्छे हो, जानेर वा नजानेर मान्छेले गल्ती गर्छ ! भन्ने महसुस गरेर वास्तविक धरातलमा आइदिए हुन्थ्यो ! भन्ने आशय वा पेटबोली हो ।

तर, अचम्म के छ भने, राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरु हामी एकै व्यक्तिले एक दर्जन, दुई दर्जन, तीन दर्जन चार दर्जन विषयमा डिप्लोमा, डिग्री, एमफिल र, त्यति नै विषयमा डाक्टरी गरेका छौं ! तिमी जस्तो कोदोको ढिँडो खान नपाएको, केही नजान्ने कुलुङे ढाक्रे ! ले हामी जस्ता पढा–लेखा राई सर राईनी म्याडमहरुलार्ई सिकाउने ? भनैभैंm गर्छन् । त्यसरी औपचारिक रुपमा धेरै विषयमा शिक्षा लिएका राई सर राईनी म्याडमहरुको काम र व्यवहार भने हामी कोदोको ढिँडो खान नपाएको, केही नजान्ने कुलुङे ढाक्रे ! को भन्दा पनि गैबार देखिन्छ । यो नै दुःखद पक्ष हो । किनभने, मान्छे पढालेखा हुनु भनेको त फगत पढालेखा हुनु मात्रै नभएर शिक्षित र चेतनशील हुनु पनि होला कि … ।

सुरुमा हामीमध्ये धेरैलाई राई के हो ? कुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, लोहोरुङ, चाम्लिङ, खालिङ, नाछिरिङ, बान्तावा, याम्फु, आठपहरिया दुमी, तिलङ, कोयु आदि के हो ? भन्ने थाहा नभएकै हो । यो कुरो हामी सबैले स्वीकार गर्नुपर्ने हुन्छ । सुरुमा भन्नुको मतलब जब विसं २०२१ सालमा राज्यले ल्याएको भूमिसुधार ऐन विसं २०२८÷०२९ देखि २०५१ सम्म तल्लो तहमा (गाउँगाउँ, टोलटोलसम्म) लागू भयो तब त्यो बेलासम्म तालुकवाला वा भनौं जिम्मावाल पनि भनिने राई, सुब्बा, मुखिया, देवान, चौधराईहरुको अधीनमा वा भनौं जिम्मा–जमानीमा रहेको जग्गा–जमीन व्यक्ति–व्यक्तिमा दर्ता गर्नुपर्ने भयो, हो, त्यो बेला भन्ने बुझौं÷सम्झौं ! त्यो बेलाको भाषामा रैती अथवा ढाक्रे पनि भनिनेहरु जनताहरु पनि आप्mना तालुकवाला वा जिम्मावाल राई, सुब्बा, मुखिया, देवान, चौधराईहरु भन्दा के कम ? भनी नामको पछाडि राई, सुब्बा, मुखिया, देवान, चौधराईहरु आदि लेख्न मरिहत्ते गर्यौं !

निनाम कुलुङ ‘मंगले’

अर्को महत्वपूर्ण कुरो हिन्दुहरुको महान चाड बडा–दसैं लगायत अन्य चाडपर्वहरु ती तालुकवाला वा भनौं जिम्मावाल राई, सुब्बा, मुखिया, देवान, चौधराईहरुले मान्नुपर्ने र, आप्mना क्षेत्रका रैतीहरुलाई पनि मान्न लगाउँथे । महत्वपूर्ण कुरो माथि नै भनिएभैंm क्षेत्रफल अनुसार÷पदवी वा पगरी अनुसार अनि खान्की र, रवाफ अनुसार हिन्दुहरुको महान चाड बडा–दसैंमा महा–नवमीको दिन आ–आप्mनो मौलोमा बोका र राँगाको बलि दिन्थे । यो पंक्तिकारको पूख्र्यौंली थलो सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्रको पिल्मो÷पेल्माङ हो । तापनि मसँग ७ पुस्ता हुन्छ, तेह्रथुमको सम्दु–६÷७ (हाल फेदाप गापा–४) मा बस्दै आएको । जे होस्, मेरो मावली बाजे तुम्भुङला टोलको लुम्फुङवा थरका लिम्बु सानो सुब्बा थिए । त्यसैले मेरो बाजे धर्महाङ सुब्बाले बोका मात्रै मार हान्न पाउँथे । तर, अलि पर ठूलो गाउँमा चोङबाङ थरका लिम्बु ‘मौजे सुब्बा’ थिए । त्यसैले उनले राँगा मार हान्थे । मेरो बाजेको मौलो मामाहरुले उहिल्यै उखालेर फाले पनि मौजे सुब्बाको मौलोको अवशेष भने अभैm पनि देख्न सकिन्छ ।

विसं २०४७÷०४८ देखि संस्था दर्ता ऐन–२०३४ अन्तर्गत राई यायोक्खा नामक एनजिओ दर्ता भयो । तर, राई यायोक्खाका तत्कालीन हर्ताकर्ता राई सर राईनी म्याडमहरुले कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा, संस्कार, संस्कृति, रीतिथिति, भेषभुषालाई कथित् राई जातिको भन्दै कुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, लोहोरुङ, चाम्लिङ, खालिङ, नाछिरिङ, बान्तावा, याम्फु, आठपहरिया सबैसबै किराती समुदायलाई लाद्न थाले । त्यस क्रममा कतिसम्म भएको छ भने, विसं २०६२÷०६३ पछि त कथित् देवास राई ! को नाममा समेत मकवानपुर जिल्लाको दनुवार (आशमान राई !) हरुलाई कथित् राई जातिको सदस्यता (आवद्घता) दिएको अवस्था छ, राई यायोक्खाले ।

राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा, संस्कार, संस्कृति, रीतिथिति, भेषभुषालाई कथित् राई जातिको भन्दै कुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, लोहोरुङ, चाम्लिङ, खालिङ, नाछिरिङ, बान्तावा, याम्फु, आठपहरिया सबैसबै समुदायलाई लाद्ने क्रम विसं २०६२÷०६३ को दोस्रो जनआन्दोलनसम्म पनि जारी थियो । विसं २०६२ मा तत्काली श्री ५ को सरकार, शिक्षा मन्त्रालय अन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्रमा कुलुङ मातृभाषाको पाठ्यक्रम विकास गर्ने क्रममा कथित् राईवाला सर म्याडमहरुले कुलुङ मातृभाषाको टाउकामा राईको राईको सिङको भारी बोक्नै पर्ने भनी अड्डी कसे । कुलुङ समुदायका अगुवाहरुले कुनै हालतमा स्वीकार गरेनन् ।

यायोक्खाका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा, संस्कार, संस्कृति, रीतिथिति, भेषभुषालाई कथित् राई जातिको भन्दै कुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, लोहोरुङ, चाम्लिङ, खालिङ सबै किराती समुदायलाई लाद्न थालेपछि सुरुमा राई यायोक्खा धरान गठन गर्न कस्सिएर लागेका र राई यायोक्खा धरानका संस्थापक सदस्यमध्ये एक स्वर्गीय कृष्णबहादुर गान्खु कुलुङ फोपाले कुलुङहरुको अलग्गै संस्था गठन गरे । त्यसपछि विसं २०५७÷०५८ तिर कुलुङ समुदायका अगुवाहरु भेला भएर संस्थागत रुपमै राई हटाएर कुलुङ मात्रै लेख्ने निर्णय गरे ।

त्यो बेला अवस्था कस्तोसम्म थियो भने, कथित् राई जातिको भाषाको पाठ्यक्रम भन्दै कुलुङ, बाहिङ, थुलुङ, चाम्लिङ, लोहोरुङ, मेवाहाङ, आठपहरिया, ओम्बुले÷वाम्बुले लगायत जातीय स्वपहिचान भएका जातिहरुलाई पनि बान्तावा भाषाको पाठ्यक्रम पठाउँथे÷पढाउँथे । सोलुखुम्बु, ओखलढुंगा, उदयपुर लगायत जिल्लामा त त्यसरी राई जातिको भाषाको पाठ्यक्रम भन्दै पठाएको बान्तावा भाषाको पाठ्यक्रम बर्षौंसम्म कुहिएर वा भनौं कीरा परेर÷ढुसी परेर÷सढेर गएको थियो । अर्को अचम्म के भएको थियो भने, विसं २०६२÷०६३ को परिवर्तनपछि सोलुखुम्बुको एक एफएममा कथित् राई जातिको भाषाको कार्यक्रम भनी बान्तावा भाषाको कार्यक्रम बजाइयो । त्यसपछि प्रभाव मूल्यांकनका लागि प्रश्न सोधियो । तर, धेरैले सो कार्यक्रम सुन्दै सुनेनन् ।

त्यसैले हालै धरानमा सकिएको राई यायोक्खाको १० औं महाधिवेशनमा भाग लिएर फर्केका प्रतिनिधि र पर्यपेक्षकहरुले यायोक्खा भनेको बान्तावा जातिको भाषा हो । भोलिका दिनमा बान्तावा जातिका अगुवाहरुले यायोक्खा शब्द प्रयोग गर्न दिएनन् भने त संस्थाको नाममा नै समस्या हुन्छ । त्यसैले सबैभन्दा पहिले त नामको लागि नै छलफल र बहस गरौं !भनी छलफल बहस गरे होलान् भन्ने आशा छ । किनभने राई भाषा के हो ? भनी पत्ता लगाएर, निचोड निकालेर नाम टुंगो लगाउनै पर्ने हुन्छ । किनकि दुनियाँमा नाम बिनाको त केही पनि हुँदैन ! कोही पनि हुँदैन !! हुन त २ दर्जनभन्दा बढी राई सर राईनी म्याडमहरु विभिन्न विषयमा डाक्टरी नै पास गर्नु भएको छ । त्यसमध्ये कति त भाषा विज्ञानमै डाक्टरी गरेका नामुद डाक्टरहरु पनि छन् । जस्तै डाक्टर नोवेलकिशोर राई !, डाक्टर तारामणि राई !, डाक्टर … राई !

यी डाक्टरमध्ये कोही विसं २०६८ को राष्ट्रिय जनगणनामा कथित् राईको भाषा विसं २०५८ को भन्दा आधा भन्दा पनि बढी घटेपछि (स्मरण रहोस्, विसं २०५८ को राष्ट्रिय जनगणनामा ३ लाख ७१ हजार जानचुन राई भाषा उल्लेख भएको थियो भने विसं २०६८ को राष्ट्रिण् जनगणनामा १ लाख ५९ हजार चानचुन मात्रै राई भाषा तथ्यांक उल्लेख भएको छ) ३ दिन ३ रात निन्द्रा नलाग्न्े राई डाक्टरहरु छन् । कोही विसं २०६८ को राष्ट्रिय जनगणनामा भाषिक संख्याको रुपमा मात्रै उल्लेख भएको दुमी, तिलुङ, कोयु आदि भाषीहरुको भाषिक संख्यालाई नै उनीहरुको जनसंख्या हो भने भैंmँ गरी दिउँसै रात पार्दै विभिन्न लेख, रचना वा भनौ कथित् अध्ययन–अनुसन्धानमा उल्लेख गर्ने डाक्टर राईहरु पनि छन् ।

राई यायोक्खासँग कै मात्रै छैन ? विद्घानमा विद्घान छ, पैसामा पैसा छ । त्यसैले उनीहरुले राईको छुट्टै मातृभाषा, ऐतिहासिक भूमि, प्रमाणित र भर पर्दो इतिहास, आप्mनै मौलिक भेषभुषा, मौलिक संस्कार र संस्कृति पत्ता लगाउन वा भनौं राईको ‘युनिक’ पहिचान यो हो ! भनी भन्न सक्नु पर्यो । नभए, कथित् राई जातिको नाममा पैसामा उठाएर मोजमस्ती गर्ने र राईको नाममा ताहुर माहुर गर्ने दिन धेरै बाँकी नरहला कि ? किनभने मान्छेको चेतनाको स्तर पछाडि फर्केको इतिहास बिरलै मात्रै भेटिन्छ ।

अन्तमा राई यायोक्खा एक धनी र पैसावालहरुको एनजिओ पनि भएकोले इतिहासमा नौ लाख किराती थिए भन्ने जुन भनाइ वा तथ्यहरु पढ्न पाइन्छ, ती नौ लाख किरातहरु बढेर आज कम्तिमा पनि २७–३७ लाख हुनुपर्ने कता हराए ? किन कुलुङ, लिम्बु, याक्खा, सुनुवार, हायु, जिरेल, थामी आदि जोड्दा पनि १०–११ लाख पुग्न पनि हम्मे परेको छ ? कहाँ गए ती नौ लाख किरातका सन्तान–दरसन्तानहरु ? त्यसैले यो विषयमा पनि राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले सोधखोज गर्ने, अनुसन्धान गर्ने र, तथ्य, तथ्यांक र प्रमाणहरुसहित दस्तावेज तयार गर्नेतर्पm पनि महाधिवेशनमा आएका प्रतिनिधि र पर्यपेक्षकहरुमाझ बहस र छलफल चलायो होला । हराएका ती ९ लाख किरातका सन्तानहरु कहाँ गए ? कसरी हराए ? भन्ने बारेमा पनि खोजी गर्ने भनी एकस्वरले दस्तावेज पारित गरे होलान् ! भन्ने यो केही नजान्ने कुलुङे ढाक्रेले आशा गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…