कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

उदयपुर / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालिन लेखा अधिकृत रबिनचन्द्र ढकाल विरुद्ध ७ करोड २२ लाख ९३ हजार १ सय ३२ रुपैया बिगो दाबी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उदयपुरको कटारी नगरपालिकामा कार्यरत हुँदा ढकालले नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ३ करोड ९७ लाख ५० हजार रकम स्थानान्तरण गरी आफू लगायत विभिन्न व्यक्तिका नाममा रकम निकाली भ्रष्टाचार गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

लेखा अधिकृत ढकालले पहिलो पटक १ करोड ९८ लाख ७५ हजारका दोश्रो पटक १ करोड ९८ लाख ७५ हजार गरि ३ करोड ९७ लाख ५० हजार रुपैया आफनो नाममा रहेको खातामा हालेका ढकालले राष्ट्रिय वाणिज्य बैंक थापाथली शाखाबाट पटक–पटक गरी २७ लाख बाहेक सबै रकम निकाली सकेका थिए । ढकालको खातामा रहेको सो रकम गएको २०७४ चैत्र २ गते गोविन्द नामको व्यक्ति मार्पmत १ करोड ५० लाख र चैत्र ५ गते हर्कबहादुर नामको व्यक्ति मार्पmत १७ लाख निकालेको पाईएको बैंकका कटारी शाखाले जानकारी दिए ।

लेखा अधिकृत ढकालले ईलामको माई नगरपालिकामा कार्यरत रहदा समेत नगरपालिकाको रकम आफनो निजी खातामा रकमान्तर गरेको अख्तियारको दावी छ । ढकालले प्रमुख प्रशासकिय अधिकृतको किर्ते हस्ताक्षर गरि ३ करोड ९ लाख ६० हजार ६ सय ९४ रुपैया हिनामिना गरेको अख्तियारको दावी छ । उनले ईलाममा रहदा सामाजिक सुरक्षाको यतिका ठुलो रकम बोकेर लैजान नसक्ने भन्दै बैकलाई धम्क्याएर जबजस्ती आफनो निजी खातामा रकमान्तर गराएको अख्तियारले दावी गरेको छ ।

यस्तै ढकालले जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा लेखा अधिकृतको रुपमा कार्यरत रहँदा समेत अनियमितता गरेको अख्तियारको ठहर छ । राष्ट्रिय वणिज्य बैंक र एन.एम.बी. बैंक लिमिटेडका खाताहरुमा स्वास्थ्य कार्यालयको विभिन्न मिति र च.नं. का पत्रहरूमा कार्यालयमा रहने प्रति र बैंकलाई पठाउने प्रतिमा व्यहोरा फरक फरक भएका गलत लिखत तयार पारी १४ लाख ८९ हजार ३ सय छ रुपैया सरकारी रकम बदनियतसाथ अनधिकृतरुपमा व्यक्तिगत खातामा जम्मा गरी गराई निजी प्रयोगमा लगाई हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अख्तिायरको ठहर सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

तपाईको प्रतिक्रिया

Loading…