प्रधानमन्त्रीले गरे तरकारी बजारको उद्घाटन : प्रदेश सरकारले कार्यविधी बनाएर सञ्चालन गर्ने

माेरङ / विराटनगर महानगरपालिकासँग जोडिएको मोरङको कटहरी गाउँपालिका– १ मा एकीकृत तरकारी तथा फलपूmल थोक बजारको उद्घाटन गरिएको छ । संघीय सरकारले निर्मांण गरेको आधुनिक नमुना फलफूल तथा तरकारी थोक बजार आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । उद्घाटन गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ सरकारलाई हस्तान्तरण गरियो । प्रधानमन्त्री ओलीले बजारको साँचो प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन् । नेपाल सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालय अन्र्तगतको व्यवसायिक कृषि तथा बजार व्यवस्थापन परियोजनाले १५ करोड ४९ लाख रुपैयाँ खर्चेर निर्माण गरेको हो । ५ बिगाहा २ धुर जग्गामा फैलिएको उक्त थोक बजार ३८ वटा थोक बिक्री कक्ष र १ वटा खुद्रा बिक्री कक्ष रहेको छ । संघीय सरकारले सुविधा सम्पन्न तरकारी तथा फलफूल बजारको उद्घाटन गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै प्रदेशले कार्यविधी बनाएर सञ्चालनमा ल्याउने भएको हो ।

नेपाल सरकारले देशका विभिन्न स्थानमा थोक कृषि बजार निर्माण गर्नका लागि बिस्तृत अध्यन सुरु गरिरहेको कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले बताए । उद्घाटन भएको तरकारी तथा फलपूmल थोक बजारमा वर्षेनी ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र ८ हजार ७ सय ३ दशमलव ३ मेट्रिक टन फलपूmल बिक्री हुने लक्ष्य राखिएको छ ।

कूल १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको उक्त बजार अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको हो । बिक्रेताको लागि गोदामसहितको १४ सय ८८ वर्ग मिटरमा १७ वटा सटर, खुद्रा बिक्रेताका लागि ३ सय ५१ दशमलव २ वर्ग मिटर सटर, कृषकले आप्mनो उत्पादन आफै बिक्री गर्न १ सय ३८ दशमलव ५ वर्ग मिटरको सेड निर्माण भएको छ । तीन तले प्राशासनिक भवनमा प्रशासन, म्यानेजर आवास, सुरक्षा गार्ड आवास, ६ बेडको कृषक अतिथी गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह, बैंक शाखा रहने भौतिक संरचना तयार भएको सचिव जिसीले बताए ।

तरकारी बोकेर आएको ट्रक तौल गर्ने मेशिन, फोहोर संकलन यार्ड, तरकारी लोड अनलोड गर्ने क्षेत्र, डिप ट्युवेल, जेनेरेटर, सोलारव्याटरी, सीसीटिभी, सुरक्षा गार्ड पोष्ट र गाडी पार्किङ्गको व्यवस्था तरकारी बजारभित्र भएको उनले बताए । बजार निर्माण भएको जग्गा विद्यालयसँग ५० वर्षका लागि भाडामा लिएर पञ्च वर्षीय सम्झौता भएर निर्माण भएको छ । तरकारी बजारबाट भएको आम्दानी एकीकृत तरकारी थोक बजार समिति, विराटनगर महानगर र कटहरी गाउँपालिका र विद्यालयले प्रतिशतको आधारमा बाँडफाँड गर्ने सम्झौतामा उल्लेख छ ।

तरकारी बजारमा विषादीको अवशेष र हानिकारक रशायन परीक्षण प्रयोगशाला स्थापनाका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा नै उपकरण खरिद गरेर ल्याएको छ । अब चाँडै प्रयोगशालामा उपकरण जडान गरिनेछ । सचिव विसीका अनुसार कटहरीमा सञ्चालनमा आएको थोक बजारले एक र दुई नम्बर प्रदेशका कृषि उत्पादनहरु बिक्री वितरण गर्नका लागि सहयोग पु¥याउने छ ।

कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री राईले उद्घाटन गरिएको तरकारी तथा फलफूल बजारलाई प्रदेश सरकारले कार्यविधी बनाएर संचालनमा ल्याउने बताए । कृषकहरूले उत्पादन गरेको वस्तु बिक्री गर्न कहाँ लाग्ने भन्ने चिन्ता अब अन्त्य भएको मुख्यमन्त्री राईले बताए । बजारको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कृषिको उत्पादन वृद्धि गर्नु पर्नेमा जोड दिए । मुलुक कृषि प्रधान भनिए पनि कृषिको रााष्ट्रिय आय योग्दान न्यून भएको उनको भनाइ छ । उनले उर्वर भूमि रहे पनि उत्पादन बढाउन नसकेकाले कृषिले राष्ट्रिय आयमा सहयोग पु¥याउन नसकेको बताउँदै भने, ‘प्रविधिको प्रयोगले आधुनिक हिसावले उत्पादन बढाउनुको विकल्प छैन ।

उनले भने ,‘उत्पादन बढाएर प्लेनमा तरकारी र फलफूल विदेश पठाएर त्यही प्लेनमा डलर ल्याउनु पर्ने छ ।’ उनले नेपालको जनता कृषिमा अधारित भए पनि कृषिमा उत्पादन सन्तोस जनक भएकाले कृषि प्रधान नाम मात्रको भएको बताए । मुलुक हरेक दिन विकास र समृद्धिको बाटोमा हिंड्न तीव्र रुपमा पाइला बढाइरहेको बताउँदै मुुलुकले आर्थिक उन्नतीमा कायापलट गर्ने उनले बताए । सरकारले कृषकलाई उत्पादन बढाउन जुनसुकै सहयोग गर्ने तयार रहेकाले व्यवसायिक कृषि गरेर उत्पादन बढाउन आग्रह समेत गरे । सरकारले प्राविधिक, उपकरण र समर्थन मूल्य तोक्नुको साथै थोकमा बिक्री गर्ने बजारको व्यवस्थापन गर्ने तयार रहेको उनको कथन छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…