धरान स्थित हार्डवेयर पसलमा आगलागी

धरान / चार दिनका अवधिमा धरानमा तीन वटा ठूला ठूला आगलागीका घटना घटेका छन् । फागुन ३० गते धरान १५ कोकोनट हाउस छेउमा रहेको बमबहादुरको खड्काको कुखुरा फर्ममा आगलागी हुदा २ करोड बराबरको क्षति भएको थियो भने चैत्र २ गते धरान ८ अरुण टोलको सुकुम्बासी लाइनमा इन्द्रबहादुर राईको ग्वालीमा आगलागी भएको थियो ।

यस्तै आज पनि धरान १५ स्थित एक हार्ड वेयर पसलमा आगलागी भएको छ । धरान १५ महादेव चौकमा रहेको अमृत लिम्बुले सञ्चालन गरेको लुना हार्डवेयर पसलमा आगलागी हुदा १६ लाख भन्दा बढीको क्षति भएको सञ्चालक लिम्बुले जानकारी दिए । आगलागीका कारण गोदाममा राखेका सामाग्री पूर्ण रुपमा जलेर नष्ट भएको उहाले बताउनुभयो ।

विहान ११ बजे लागेको विजुलीको तार सर्ट भई लागेको आगलागी नियन्त्रणका लागि धरानको २ वटा दमकल र इटहरीको एउटा दमकल प्रयोग गरिएको थियो । सुख्खा मौसम शुरु भएसंग धरनमा आगलागीका घट्ना शुरु भएको छ । यसको नियन्त्रणमा सबैले सचेत हुन आवश्यक भइसकेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वीपी प्रतिष्ठानमा स्वास्थ्यमन्त्री यादव, राजनीतिक आवरण नभिरेको ब्यक्ती भिसि नियुक्ती गर्न प्रतिष्ठानका पदाधिकारीहरूकाे माग

धरान स्थित हार्डवेयर पसलमा आगलागी

धरानमा आगलागी

धरानकाे पानबारीमा आसारा सुधार केन्द्र निर्माण सम्पन्न

धरानमा आधा घाँटी काटिएकाे अवस्थामा शव फेला, घटना रहस्यमय, मृतक रातदिन ‘इन्द्रजाल’ पढ्थे

जडीबुटी भन्दै विषालु पदार्थ खाँदा १ जनाको मृत्यु, ५ जनाको अवस्था गम्भिर

धरानमा भेटियाे बम : नेपाली सेना द्वारा डिस्फाेज

धरान रनमा चौथो पटक लगतार भारतीय सेनामा कार्यरत बाग्लुङका तीर्थ पुन विजयी

धरानमा खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगिता हुने

नेवा च्यारिटी १० के रनको तयारी पुरा

तपाईको प्रतिक्रिया